वरिष्ठ संगीतकार दिपक जंगमको संगीतमा बानीका प्रधानले भनिन् “बर्सिनु बर्सियौ” (भिडियो सहित )

काठमाडौ,१८ साउन- गायिका बानीका प्रधानको “बर्सिनु बर्सियौ” बोलको गीत सार्वजनिक भएको छ । मोनी शर्मा रिजालको शब्द रचनालाई वरिष्ठ संगीतकार दिपक जंगमले संगीत भरेका छन् । जेनेरेसन (पुस्ता) गीति एल्बममा समेटिएको यो गीतलाई किरण कंडेलले एरेन्ज गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा सुमी र सुवाशले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन र संजय वरालले निर्देशन गरेका हुन्

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *