लोकमान कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएजस्तै सरकार पनि अयोग्य:केपी ओली

पौष २७ काठमाडौ,लोकमान सिंह कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएजस्तै सरकार पनि अयोग्य भएको एमालेको अध्यक्ष केपी शर्मा ओलीले एक पत्रकार सम्मेलनमा बताए ।

प्रेस चौतारी झापाले बुधबार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले लोकमान नांगिए जसरी यो सरकार पनि जनताका बीच नांगिदै गएको दाबि गरे ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अपवित्र गठबन्धनबाट सरकार बनेको भन्दै उनले अहिलेको सरकार गठन प्रक्रिया नै गलत भएको र त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै ओलीले सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्दमा धकेल्न खोजेको आरोप लगाए । उनले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहोर्‍याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *