लगानीकर्तालाई हतोत्साही बनाउन नहुने सांसद खतिवडाको भनाई

काठमाडौं, २३ असार – नेपाली काँग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले लगानीकर्तालाई हतोत्साही बनाउन नहुने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शेयर लगानीकर्ता संघ नेपालले आयोजना गरेको ‘पुँजी बजारमा भ्याट समस्या र समाधान’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सांसद खडिवडाले यस्तो बताएका हुन् ।

विदेश पलायनको तयारीमा रहेका यूवाहरूलाई स्वदेशमै रोजगारी दिने र लगानी गरेर मुलुकको विकास गर्ने काममा लगानीकर्ताहरुले सहयोग पुर्याएको बताउँदै खतिवडाले भने,‘हाम्रो देशमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाई दिनुपर्छ, त्यो काम सरकारका हो, जहाँसम्म पूँजी बजारलाई भ्याट लगाउने भनेर सरकारले निर्णय गरेको छ, यसबाट आँत्तिनुहुँदैन, छलफल गरेर पुँजी बजारलाई अझै व्यापक बनाउनको लागि हामी सबैले पहल गर्नुपर्छ, म संसदमा पनि यसका बारेमा कुरा राख्छु।’

उनले अघि थपे,‘दोहोरो भ्याट कसैलाई लगाउनुहुँदैन, यदि त्यस्तो गरिएको छ भने, सरकारको दोष हुन्छ, त्यसमा हामी सरकारलाई सचेत गराउछौँ।’

शेयर लगानीकर्ता संघ नोपलका अध्यक्ष उत्तम अर्यालले नेपालको पुँजी बजारमा भ्याट समस्या कि समाधान भन्ने विषयले लगानीकर्तालाई विचलित बनाएको गुनासो पोखे । अर्यालले भने,‘लगानीकर्ता विचलित भएका छन्, विश्वमा नभएको अभ्यास नेपालमा गरिएको छ, यो गलत छ, लगानी्कर्ताले मुलकुको निर्माण गरिरहेका छन्, यस्तो कार्यमा सरकारले हस्तक्षेप गर्नुहुँदैन।’

सरकारसँग जति आर्थिक तागत छ त्यो भन्दा धेरै लगानीकर्तासँग भएको बताउँदै उनले भने,‘२० खर्व बराबरको लगानी नेपालमा हुने सम्भावना छ, यस्तो कार्यबाट देशको विकास हुन्छ भन्ने कुरा सबैलाई थाहा छ, तर लगानीकर्तालाई किन यसरी काँडेतारभित्र राखिंदैछ ?’

त्यस्तै अर्थशास्त्री डा.डिल्लीराज खनालले वृहत्त छलफल नगरी लगाईने ट्याक्सले खतरा निम्त्याउने दाबी गरेका छन्। उनले भने,‘बृहत्त छलफल नगरिकन पुँजी बजारमाथि ट्याक्स लगाउने कुरा गृहकार्य भन्दा बाहिरको कुरा हो, ओरालो लागेको स्टक एक्सचेन्ज छ, यसलाई झनै प्रभावित पार्न सक्छ, त्यसैले सरकारी पक्ष र लगानीकर्ताबीच समन्वयकारी रुपमा यो काम अघि बढ्नुपर्छ।’

ब्रोकस एशोसियशनका अध्यक्ष प्रियराज रेग्मीले लगानीकर्तालाई सरकारले बाध्यकारी तरिकाले भ्याट लगाउन खोजेको आरोप लगाए । उनले भने,‘हाम्रा व्यवसाय सरकारी ऐन÷नियमभित्र छन्, त्यसलाई आधार मानी भ्याट लगाउन खोजिएको छ, यो पुँजी बजारलाई काँढेतारभित्र बार्न खोजिएको छ, यो गलत छ, लगानीकर्ताहरू हतोत्साहीत हुने खतरा उक्तिकै छ, हाम्रो मुलुकको विकास र परिर्वतनको लागि अहम भूमिका खेलिरहेको पुँजी बजारलाई विचल्लित बनाउने काम सरकारले गर्रिहेको छ।’

नेपाल धितो पत्र बोर्डका प्रतिनिधि नबराज अधिकारीले लगानीकर्तामाथि लगाईने भ्याट नियम संगत भएको बताएका छन् । यद्धपी उनले पनि दुवैपक्षबीचको सहमति र सहकार्यको माध्याममार्फत निकास खोज्नुपर्ने सुझाए ।

उनले भने,‘म एक सरकारी प्रतिनिधि हुँ, मैले जानेको भन्छु, विश्वको अभ्यास नेपालमा लगानीकर्ताको मनोभावना, स्थिति लगायत कुरा हेरेर, गहिरो छलफल गरेर मात्रै भ्याट लगाउनुपर्छ।’

उनले अघि थपे,‘अन्य मुलुककमा सुरुमा भ्याट लगाउने र पछि फिर्ता लिएको ईतिहाँस छ, यसको उदाहरण नाईजेरियालाई लिन सकिन्छ, हामीले अब दुवै पक्ष बसेर गहिरो छलफल गरेर लगानी वातावरण निर्माण गर्ने र पारदर्शी बनाउनमा समय खर्चिनुपर्छ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले लगानीमत्रै वातावरण बनाउनको लागि सरकारसमक्ष आग्रह गरे । उनले भने,‘नेपाली बजारमा शेयर बजारको प्रभाव फष्टाउँदो छ, यसमा भ्याट लगाउँदा बजार चौपट भएको छ।’ धमलाले शेयरमा किन भ्याट लगाईएको भन्नेबारेमा नीति ल्याउनको लागि सरकारसँग आग्रह समेत गरे । उक्त कार्यक्रमको सञ्चालन संस्थाको महासचिव नबराज सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *