रुपाकोट मझुवा गढि नगरपालिकामा माओवादीको अग्रता कायमै, २ नम्बर वडा अध्यक्षमा एमाले विजयी

खोटाङ्ग १६ असार-खोटाङ्गको रुपाकोट मझुवा गढि नगरपालिकामा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ । अहिले सम्मको मत परिणाम अनुसार माओवादी केन्द्रको तर्फबाट मेयरको २७७१ र उपमेयरको २८६१ मत संगै अग्र स्थानमा रहेको छ ।

त्यसरी नै दोस्रो स्थानमा एमालेको तर्फबाट मेयरको उम्मेदवारले २५६७ र उपमेयरले २३ हजार ९४ मत सहित माओवादी केन्द्रलाई पछ्याई रहेको छ । नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा २४१५ र उपमेयर पदमा २१८१ मत सहित तेस्रो स्थानमा रहेको छ ।

रूपाकाेट मझुवागढी नगरपालिका वडा नं. ७ दाेर्पा चिउरीडाँडाकाे अध्यक्ष पदमा नेपाली काँग्रेसका महन्तकुमार राई विजयी भएका छन् । कुल मतदान १११४ भएको मध्य कांग्रेसका महन्त राईकाे पक्षमा ४०५ मत खसेकाे थियाे । उहाँकाे निकटतम प्रतिद्वन्दि एमालेका चक्र ब. राई काे ३८४ मत अाएकाे थियाे ।

यसैगरि माअाेवादी केन्द्र, संघिय समाजवादि फाेरम र नयाशक्ति गठबन्दनका अध्यक्ष उम्मेद्वार हरि प्रसाद चाैलागाईँकाे पक्षमा २७४ मत खसेकाे थियाे ।

यस्तै रुपाकोट मझुवागढी नगरपालिका वडा न २ मा नेकपा एमालेका हर्क खत्रीले वडाध्यक्षमा विजय भएका छन् । यस्तै जन्तेढुङ्गा गाउँपालिका वडा न २ वोपुंगमा एमालेका उम्मेदवार गणेश बिष्टले नेतृत्व गरेको टिम बिजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *