रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर सभा सम्पन्न, नामको अगाडि दिक्तेल थप्ने

चिसाङ शेर्पा / असोज २६ खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको विहिवार सम्पन्न प्रथम नगर सभाले ६१ करोड ५३ लाख २३ हजार रकम बिनियोजन गर्दै चालु आर्थिक वर्ष २०७४- ७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । ‘संमृद्ध रुपाकोट मझुवागढीको आधार – कृषि पर्यटन र पुर्वाधार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको कुल वजेटमा नगरपालिकाको आयतर्फ ८४ लाख ६० हजार, नेपाल सरकारको अनुदान रकम ६० करोड ६८ लाख ६३ हजार रकम विनियोजन भएको छ ।

सभाले ‘दिगो र गुणस्तरिय पुर्वाधार विकास, कृषि, पर्यटन, स्थानिय तहको कार्यान्वयन, संस्थागत विकास, रोजगारी र उत्पादनमा बृद्धि तथा वातावरण संरक्षण र हरियाली सौन्दर्य प्रवद्र्धन र सामाजिक न्याय तथा लैङ्गिक मूलप्रवाहीकरणलाई प्राथमिकताका साथ, रकम विनियोजनका व्यायतर्फ चालु खर्च ३८ करोड ६३ लाख २७ हजार विनियोजन गरिएको छ ।

पुँजिगत खर्चतर्फ २२ करोड ८९ लाख ९६ हजार, पुर्वाधार विकास क्षेत्रका आयोजनामा १८ करोड ५२ लाख ३३ हजार, आर्थिक विकास क्षेत्रमा ३ करोड ६० लाख २९ हजार, सामाजिक कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा भत्ता ९ करोड ८ लाख सहित कुल रकम ३० करोड ५३ लाख ३९ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनका लागि ५६ लाख, ४३ हजार र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन कार्यक्रममा ८ करोड ३० लाख ७९ हजार रकम विनियोजन गरिएको रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख विणा देवी राईले बताउनुभयो ।

यस्तै, नगर कार्यपालिका कार्यालयतर्फ २७ करोड ७९ लाख १० हजार, वडा कार्यालयको सामाजिक सुरक्षा भत्तातर्फ ९ करोड ८ लाखसहित १२ करोड ४३ लाख १० हजार र विषयगत शाखाहरुतर्फ २१ करोड ३० लाख ६८ हजार खर्च गरिने व्यवस्था मिलाईएको उप–प्रमुख राईले बताईन् ।

जिल्ला विकास समितीको समिक्षालय हलमा भएको कार्यक्रममा सभाका सभाध्यक्ष नगरप्रमुख दिपनारायण रिजालले नगरसभावाट पारित विधेयक ‘नगरसभा सञ्चालन कार्यविधिको दफा २२ उपदफा १ बमोजिम प्रमाणीकरण भएको बताएका छन् ।’ सभाले ‘रुपाकोट मझुवागढी नगरपालिका’ नामको अगाडी दिक्क्तेल थप्ने निर्णय समेत पारित गरेको नगर प्रमुख रिजालले बताए ।

यस्तो थियो , नगरपालिकाको सय दिने उपलव्धिमुलक कार्यक्रम
गत असार १८ गते स्थानिय सरकारका सपथ ग्रहण खाएका रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले नगरपालिकाको समन्वयमा भएको सयदिने उपलब्धिमुलक गतिविधि वुधवार भएको रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम ऐतिहासिक नगरसभामा सार्वजनिक गर्दै नगरलाई संमृद्ध र सुशासनमा राखिने बताएका छन ।

स्थानिय चुनाववाट निर्वाचित भएको ४५ दिनमा दिक्तेल वजार भित्रका आठ स्थानका कच्ची सडकलाई स्तरोन्नती गरी वजारभित्रका सवारी आवातजावतमा सहजता, नगरपालिका भित्रका पन्ध्र वडामा दुई चरण अन्तरगत सामाजिक सुरक्षा भत्ता वितरण, लेन कुईजर गाडी, हेबी जेनेरेटर, सानो हाते रोलर मेसिन एक÷एक थान, सोलार सेट पाँच थान नगरपालिकालाई प्राप्त भएको नगर प्रमुख रिजालले बताउनुभयो । गाडी भने सरकारी नम्बर प्लेट तथा करका कामहरु सकिएपछि नगरपालिका आईपुग्ने बताए ।

मध्यपहाडी लोकमार्ग सडकलाई गुणस्तरिय र वर्षातको समयमा सञ्चालनका लागि सरोकारवालासंग समन्वयात्मक वैठक, अवैध रुपमा सञ्चालित महुरे क्रसर वन्द, सहरी विकास मन्त्रालयको ९० व्यवस्थित नगरमा रुपाकोट मझुवागढी नगरपालिका समावेश, दिक्तेल वजारलाई टेलिफोन, विधुत तार र खानेपानी पाईप अण्डरग्राउण्ड तथा सडक पिच गर्ने कार्यमा सर्भे समापन भई डिपिआर तयार, दिक्तेल जिल्ला अस्पताल चोक–दुमुली जाने दुई सय मिटर सडकको काम पूर्ण, विभिन्न वडाहरुमा टोल विकास संस्था निर्माण गरी टोल विकास अगुवाई गर्ने कार्यको थालनी भएको सय दिने उपलब्धिमा समाबेश छ ।

यस्तै, वालमैत्री सिकाई विस्तारका लागि सरस्वती मा.वि विद्धालयलाई वालमैत्री सामग्री वितरण, जेष्ठ नागरिक विश्राम कक्ष व्यवस्थित तथा श्रव्य, दृश्य सामग्री हस्तान्तरण, नगरपालिकाका कामकाजलाई पारदर्शिता तथा शुसासनका लागि महिनाको दुई गते ‘मिट द प्रेस’ कार्यक्रम आयोजना र नगर विकास कोषसँगको सहकार्यमा दिक्तेल वजारभित्र व्यवस्थित सपिङ कम्प्लेक्स निर्माण अध्ययनका निम्ति आठ लाख वजेट विनियोजनजस्ता उपलव्धिमुलक कार्यक्रम भएको नगरप्रमुख रिजालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *