रुपन्देही क्षेत्र नम्बर ३ का फोरम–राजपा उम्मेदवार महेन्द्रको आरोप, “भुसाल र बोहोरा भ्रष्ट हुन”

काठमाण्डौ १४ मंसिर- रुपन्देही क्षेत्र नम्बर ३ मा राजपा र फोरमका साझा उम्मेदवारका रुपमा महेन्द्र यादव चुनाव लड्दैछन् । रिपोर्टर्स क्बल नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उम्मेदवार यादवले अन्य उम्मेदवार भ्रष्टाचार गरेर जनताको मनबाट बाहिरिएकाले आफ्नो जित निश्चित भएको बताएका छन् । उक्त क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनले दिपक बोहोरा र बाम गठबन्धनले घनश्याम भुसाललाई उठाएका छन् ।

“अहिलेको चुनावमा जो पाउडर लगाएर आएका छन्, त्यो सबै पानी परेपछि पखालिएको छ । जनताले असली रुप देखिसकेका छन् ।” यादवले भने । वाम गठबन्धनका उम्मेदवार भुसाल विगतमा चुनाव जितेपछि २३ वर्ष हराएका र दिपक बोहोराले पनि विगतमा चुनाव जितेर केही काम नगरेको आरोप यादवको छ । सुनौलीदेखि बुटवलसम्मका बाटो हे¥यो भने विगतमा चुनाव जित्नेले के कति काम गरे भन्ने कुरा स्पष्ट हुने यादवले बताए । दिपकबोहोराले खोला बेचेर खाएको र भुसाल टुरिष्ट उम्मेदवार भएको आरोप यादवको छ ।

टुरिष्ट र अवसरवादी उम्मेदवारलाई जनताले चुनाव जिताउन नहुने उनको भनाई छ । उनीहरुले देशलाई लुट्ने र भ्रष्टाचार गर्ने काममात्रै गरेको आरोप यादवले लगाए । भ्रष्टाचारको पैसा चुनावका बेला गाउँगाउँमा बाँड्ने गरेको भन्दै यादवले भने, “महेन्द्र यादवले हिमाल, पहाड र मधेशका जनताका अधिकारका लागि लडेको छ ।”

अधिकारको लडाईँमा साथदिने जनताले चुनावमा पनि आफूलाई मतदान गर्ने दाबी यादवको छ । अरुले चुनावका बेलाभोज भतेर गरेर मतदातालाई भ्रममा राख्न खोजेको आरोप यादवको छ ।

आफूले पैसा खर्च गर्न नसके पनि जनताको साथ रहेको यादवले बताए । रुपन्देही जिल्लामा संघीय समाजवादी फोरम पहिलो शक्ति बन्ने दाबीसमेत यादवले गरेका छन् । रुपन्देहीमा फोरमले ४ सिट जित्ने दाबी उनले गरेका हुन् । क्षेत्र नम्बर १,३,४ र ५ मा फोरमले जित्ने उनको भनाई थियो ।

रुपन्देहीमा कांग्रेसका उम्मेदवारलाई कांग्रेसले नै हराउने तर्क यादवले गरे । संविधान संशोधनको बाधक एमालेलाई पनि जनताले मतदान नगर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *