रासायनिक मल खरिद ऐन संशोधन गर्न आवश्यक: कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताए।

उनले भने, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रस्तावित गरौँ भनेका छौँ । यसमा तपाईँहरूले सहयोग गर्नुपर्नेछ । त्यसमा मान्यज्युहरूको सहयोग चाहिन्छ, छोटो बनाउनको लागि । तदनुरूप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रस्ताव छ, हामीले औपचारिक रुपमा प्रस्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ ।

उनले जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *