राष्ट्रिय फोटो पत्रकार समुहले प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो गर्ने

ईन्द्र जिजीबिषा / काठमाडौ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले यहि माघ १९,२० र २१ गते तदनुसार (फेब्रुअरि २, ३ र ४) मा तिन दिन काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो गर्ने भएको छ । राष्ट्रिय फोटो पत्रकार समुहले दरबार मार्गस्थित होटेल अन्नपुर्णमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो । माघ १९ गते भृकुटी मण्डपमा एक्सपोको समुद्घाटन् सम्माननिय उपराष्ट्रपति ज्यूले गर्नुहुने छ ।

एनएफपीजे २०५३ सालमा स्थापना भएको देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता सङ्गठन हो । यसका ३२ वटा जिल्ला शाखाहरु रहेका छन् । एनएफपीजेले मुख्यतया फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ भने फोटोपत्रकारको क्षमता तथा दक्षता अभिवृद्धिका लागि विभिन्न किसिमका कार्यक्रमहरु जस्तै तालिम, अन्तरक्रिया, गोष्ठि, सेमिनार,अवार्ड तथा फोटो प्रदर्शनीहरुको आयोजना गर्दै आएको छ ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले हेवी हेल्प लिंकको मूख्य प्रायोजनमा नेपालमा पहिलो पटक प्रिन्टिङ र फोटोग्राफ्रीको एक्पो २०७४ को आयोजना गर्न लागेको हो । हेवी हेल्प लिंकले नेपालमा प्रिण्टिङ र फोटोग्राफीका विभिन्न उपकरणहरुको आयात गरी विक्रिवितरण गर्दै आएको छ । फोटो कन्सर्न यसको गोल्ड स्पोन्सर रहेको छ भने मर्कन्टाईल सिल्भर स्पोन्सर र पाटन प्याथ ल्याब ब्रोन्ज स्पोन्सरको रुपमा रहेको छ । यस एक्स्पोको विभिन्न ईभेन्ट म्यानेजमेन्टको कार्यमा सफलता हासिल गरेको वन अप इभेन्ट प्रा.लि. को ब्यवस्थापन रहेको छ । फोटोग्राफरहरुको संगठन काठमाडौं फोटोग्राफर संघ एक्स्पोको सह आयोजक रहने छ भने नेपाल मुद्रण व्यवसायी महासंघ पनि अर्को आयोजकको रुपमा समेटेका रहने छ ।

अन्तर्राष्ट्रिय स्तरको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो नेपालमा पहिलोपटक हुन लागेको हो । प्रिन्टिङ एण्ड फोटोग्राफी सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरुको यस एक्स्पोमा सहभागिता हुने भएको छ । अमेरिका, जापान, कोरिया ,चिन, ताईवान, भारत लगायतका विभिन्न देशका उत्पादक कम्पनीहरुले एक्स्पोमा प्रत्यक्ष रुपमा सहभागिता जनाउनेछन् ।

एक्स्पोमा कुल १ सय वटा स्टलहरु रहनेछन् जस्मा १३ ठूला र ८७ वटा साना स्टलहरु हुनेछन् । प्रदर्शनी स्थलमा कार्यशाला गोष्ठी, अन्तरक्रिया,फोटो प्रदर्शनी, फोटो सेशन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना पनि गरिनेछ । प्रदर्शनी स्थलमा फुड स्टलको समेत ब्यवस्था गरिने भएको छ ।

प्रिन्टिङ तर्फ अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, फोटोग्राफी तर्फ क्यामेरा उत्पादक कम्पनीहरु, फोटो पेपर उत्पादक कम्पनीहरु, फोटो प्रिन्टका विभिन्न मेसिन उत्पादक कम्पनीहरु, मोबाईल, ल्यापटप ,कम्प्युटर, वित्तीय तर्फ बैङ्ग तथा बीमा कम्पनीहरु, फोटोग्राफी तथा फोटोपत्रकारिता सम्बन्धि कलेजहरु, ईष्टिच्युटहरु, प्रकाशनगृह लगायतको सहभागिता रहनेछन् ।

यस एक्स्पोको मुख्य उद्देश्य सबै प्रिन्टिङ तथा फोटोग्राफी क्षेत्रलाई समेट्ने प्रयास रहेको आयोजकले बताएको छ । औधोगिक प्रिन्टर, कमर्शियल प्रिन्टर, प्रिन्टिङ प्रेस र क्यामरा तथा फोटोग्राफीसँंग सम्बन्धित सबै क्षेत्रलाई एक्स्पोमा समेट्ने पनि आयोजकले बताएको छ ।

होटेल अन्नपुर्णमा गरिएको पत्रकार सम्मेलनमा ध्रुव आलेको (राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष) हरि रेग्मी (कार्यक्रम संयोजक प्रिण्टिङ्ग एण्ड फोटो ग्राफी एक्स्पो) राकेश श्रेष्ठ (प्रबन्धक निर्देशक हेवी हेल्प लिंक) विमल चित्रकार ( निर्देशक हेवी हेल्प लिंक) (एफएनपीए ) का अध्यक्ष माधव केसी काठमाडौ फोटो ग्राफर संघका अध्यक्ष भवदेव थापा, फोटो कन्सर्नका सीईओ दिनेश अर्याल,मर्कन्टाईल कम्पनीका सह-निर्देशक राज प्रजापति,रेशम भट्टराई ,विरेन्द्र शाह, एअवि शंकर झा लगायतका व्याक्ति व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *