राष्ट्रिय परिक्षा बोर्डको अनुसार,नाम,थर DOB सच्याउन चाहिने कागजातहरु

माघ १९ काठमाडौ,कर्मचारीहरुको लापरबाहीको कारण सयौ विद्यार्थीहरुको मार्कसिटमा नाम,थर,वतन,जन्ममिति, फरक पर्ने गरेको छ । यसको कारण विद्यार्थीहरुले अनेकौ हैरानी खेप्नु पर्छ । भौगोलिक दुरीको हिसाबले टाढा रहेका विद्यार्थीहरुलाई यी कुराहरु सच्याउन गाह्रो त छदै छ,चाहिने कागजातहरुको बारेमा जानकारी नहुदा समस्यामा पर्ने गरेको छ ।

राष्ट्रिय परिक्षा बोर्डको अनुसार, नाम,थर DOB सच्याउन चाहिने कागजातहरु

नाम,थर,DOB मा साधरण त्रुटि भएमा, हिज्जे फरक परेमा
i-सक्कल TMP (Transcrip , Migration ,Provisional )
ii-SLC ( School Leaving Certificate )को Marksheet को फोटो कपि

नाम,थर DOb मा धेरै त्रुटि भएमा, पुरै नाम, जन्ममितिको बर्ष,महिना एवं फरक थर परेमा
i-सक्कल TMP (Transcrip , Migration ,Provisional )
ii-SLC ( School Leaving Certificate )को Marksheet को फोटो कपि
iii-प्रवेश पत्र/रजिष्ट्रेशन कार्ड/विद्यालयको सिफारिस

रजिष्ट्रेशन नम्बर Registration Number सच्याउन चाहिने कागजातहरु
i-सक्कल मार्कसिट (copy of original )भए पनि हुने
ii-बिग्रिएको सालको प्रवेश पत्र
iii-रजिष्ट्रेशन कार्ड
iv-विद्यालयको सिफारिस
प्रवेश पत्र र रजिष्ट्रेशन कार्ड नभएमा सम्बन्धित विद्यालय र राष्ट्रिय परिक्षा बोर्डको क्षेत्रीय कार्यालयको सिफारिस चाहिने । सिफारिसमा सी. नं. र रजिष्ट्रेशन नं. कति हुनु पर्ने हो ? सो खुलाईएको हुनुपर्ने ।

विद्यालयको नाम वा ठेगाना सच्याउन चाहिने कागजातहरु
विद्यालयको नाम/ठेगानामा सामान्य हिज्जे त्रुटि भएमा सम्बन्धित विद्यालयको सिफारिस तथा सो विद्यालयको उतिर्ण SLc Marksheet प्रतिलिप

विद्यालयको पुरै नाम वा ठेगाना सच्याउन परेमा चाहिने कागजातहरु
i -जिल्ला शिक्षा कार्यालयको सिफारिस
ii -+२ को हकमा व्यबस्थापन समितिको निर्णय
iii -SLC ( School Leaving Certificate )को Marksheet को फोटो कपि
प्रवेश पत्र र रजिष्ट्रेशन कार्ड नभएमा सम्बन्धित विद्यालय र राष्ट्रिय परिक्षा बोर्डको क्षेत्रीय कार्यालयको सिफारिस चाहिने । सिफारिसमा सी. नं. र रजिष्ट्रेशन नं. कति हुनु पर्ने हो ? सो खुलाईएको हुनुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *