राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आर्थिक संकलन अभियान पूरा भयो-पुश्मिता ठाडा मगर, अध्यक्ष नेपाल मगर संघ मलेसिया

काभ्रेपलान्चोक फुलबारी ४ घर भइ रोजगारीको शिलशिलामा मलेसिया पुग्नु भएका पुश्मिता ठाडा मगर हाल मलेसियाको जोहोर राज्यको देशा च्यमरल्याङ्गमा रेस्टुरेन्ट पाहुना घर सन्चालन गरिरहनुभएको छ । पुश्मिता ठाडा मगर भर्खरै सम्पन्न नेपाल मगर संघ मलेसियाको सातौं अधिबेशन बाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ संग हाम्रा मलेसिया प्रतिनिधि किशोर पुमा राईले गरेको कुराकानी ।

नेपाल मगर संघ मलेसियाको उदेश्य के हो ?
गुम्दै गएको आफ्नो भाषा संस्कार संस्कृती परम्पराको संरक्षण, विकास, प्रचार र सम्पूर्ण मगरहरुको एकता आफ्नो पहिचानलाइ स्थापित गर्ने केन्द्रको उदेश्य प्राप्तिमा सहयोग गर्नु नै हाम्रो मुख्य उदेश्य हो ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आर्थिक सङ्कलन अभियान कहाँ कसरी चलिरहेको छ?
यो अभियान लगभग पूरा भैसकेको छ केहिदिनमै रकम नेपाल पठाउने तयारीमा छौँ ।यो अभियान पूरा गर्नलाइ एभेरेस्ट कन्सर्ट २ को महत्वपुर्ण भूमिका रहेको छ ।
नयाँ जिम्मेवारी पाउँदा कस्तो महशुस गरिरहनुभएको छ?
अलिक गाह्रो होला कि भन्ने पनि लागेको छ किनभने यो जमाना बोलेर भन्दा पनि केही गरेर देखाउने जमाना हो । तर सबैको साथ पाइरहेको छु यसरी नै सबैको साथ पाए केही गर्छु भन्ने अठोट पनि छ।
यो संस्थामा कसरी आबद्ध हुनु भयो ? बताइ दिनुहोस न ।
म सानै देखि समाज सेवामा लाग्ने रुचि चाहिँ थियो तर हरेक कुराको अवसर आउनु पर्दो रहेछ मलेसिया आएपछी त्यो अवसर जुरेको छ मगर संघ मलेसियाको इकाइ समिती गठन गरेर यो संस्थामा लाग्ने अवसर पाए पछि मुल समिती हुँदै यहाँ सम्म आइपुगे ।
संघको अध्यक्ष भैसकेपछी के कस्तो चुनौती देख्नु भएको छ ?
मगरहरु मलेसियामा धेरै नै छौं, सबैलाइ एकताको प्रयास गर्ने गराउने, धेरै जनाले बुझ्नु भएको छैन होला, उहाहरुलाइ बुझाउदै जाने नै मुख्य चुनौति देखेको छु ।
मगरहरुको भाषा एउटै हुन्छ कि बढी?
हाम्रो भाषा ३ थरिको हुन्छ । अनि थर चाहिँ बरु १०० प्लस नै छ । मगरहरुले गैह्र मगरहरु संग विवाह गरेर जादा थर बढ्दै गएको हो भन्ने भनाइ छ यो विषयमा अझै अध्ययन भै रहेको छ।
लाङ्घाली आवाज स्मारिका बारे थोरै बताइ दिनुहोस न ।
लाङ्घाली भनेको गाउले हो । आवाज भनेको आवाज नै भैगो । यो चाहिँ हाम्रो एक कार्यकालको गतिविधी , उपलब्धी समस्या चिन्तन प्रस्तुत गर्ने थलो हो।
संस्था संचालन संगै आफ्नो रेस्टुरेन्ट व्यवसाय पनि संचालन गर्नुपर्ने तपाइले समय कसरी मिलाइरहनु भएको छ?
मुख्य कुरो इच्छाशक्ती हो । त्यो भएपछी समय मिलाउन त्यति कठिन हुदैन ।आवस्यकता अनुसार मिलाउने कोसिस गरिरहेको छु।
अन्त्यमा तपाइको सन्देश के छ ?
हामी आफ्नो देशमा रहदा पनि बिदेशको जुनसुकै कुनामा रहेपनि आफ्नो भाषा संस्कृती परम्परा नभुलौ यसको लागि सम्पुर्ण मगरहरुलाई संघमा आबद्ध भइ यो कार्यमा सहयोग पुर्याउनु हुनेछ र यो संघमा जुनसुकै दलको जुनसुकै क्षेत्रको मगरहरु आवद्ध हुन पाइन्छ आवबद्ध हुनुहोला भन्न चाहान्छु ।
ब्यस्तताको बाबजुद समय दिनुभएकोमा धन्यवाद । मैले सोध्न भुलेको र तपाइले भन्नुपर्ने केही कुरो छ की ?
यो अवसर दिनुभएकोमा तपाईं र suchanakhabar.com लाई हार्दिक धन्यवाद । मगर होस् या गैह्र मगर होस् सबै आ-आफ्नो भाषा संस्कार संस्कृती परम्परा भेषभुषालाई संरक्षणमा लागौं , परदेशमा सबै मिलेर बसौं भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *