राष्ट्रपति भण्डारीलाई दिल्लीमा भव्य स्वागत

काठमाडौ ५ बैशाख,पाँच दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनको फोरकोर्टमा भव्य स्वागत गरेका छन् ।bidyadebi

भारतीय सेनाको एक टुकडीले राष्ट्रपतिलाई गार्ड अफ अनर समेत दिएको छ । राष्ट्रपति भण्डारीले राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छिन् । उनले यमुना वायोडाइभर्सिटी पार्कको भर्खरै अवलोकन गरेकी छन् ।

उनी त्यहाँबाट राष्टपति भवन फर्केपछि भेटवार्ता शुरु हुनेछ । त्यहीँको ड्रविङ रुममा शुरुमा भारतीय समय अनुसार ११:३० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि १२:१५ बजे गृहमन्त्री राजनाथ सिंहले भेटवार्ता गर्ने छन् ।

दिउँसो उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्ने र दिवाभोज सकेर राष्ट्रपति भवनमा फर्केपछि भण्डारीसँग ३:४५ बजे वित्त तथा रक्षामन्त्री अरुण जेट्लीले शिष्टाचार भेट गर्नेछन् । अपरान्ह ४:३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

भेट राष्टपति भवनको नर्थ ड्रविङ रुममा हुनेछ । त्यसपछि साँझ ५:३० बजे उपराष्ट्रपति हमिद अन्सारीले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति मुखर्जीसँग साँझ ७:३० बजे भेट हुनेछ भने त्यसपछि मुखर्जीले दिएको रात्रीभोजमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ ।

रात्रीभोज ८ बजेदेखि हुने छ । रात्रीभोजमा भारतीय राष्ट्रपति मुखर्जी र भण्डारीले सम्बोधन गर्नेछन् । यो सँगै दिल्लीमा भण्डारीको सबै कार्यक्रम सम्पन्न हुनेछ । बुधवार र विहीवार तीर्थाटन क्रमशः गुजरात र उडीसामा सकेर शुक्रवार राष्ट्रपति भण्डारी स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *