रामदेव योगमा मात्र नभई कुस्तीमा पनि(भिडियो सहित)

माघ ६ दिल्ली,योग गुरु रामदेव योगमा मात्र नभई कुस्तीमा पनि देखिन थालेका छन् । पहिले योग, त्यसपछि आयुर्वेदमा हात हालेका योग गुरु रामदेव अब कुस्तीमा देखिएका हुन ।

उनले बुधबार मात्र लन्डन ओलम्पिकमा रजत जितेका युक्रेनका कुस्तीवाज आन्द्रे स्टेडनिकलाई एक प्रदर्शनी खेलमा १२–० ले पराजित गरेका छन् ।

बाबा रामदेव र आन्द्रेबीचको प्रतिस्पर्धा त्यतिबेला सुरु भएको थियो, जब प्रो–रेसलिङ लिगअन्तर्गत मुम्बई र पञ्जावका कुस्ती खेलाडी दोस्रो सेमिफाइनलका लागि तयारी गर्दै थिए ।

आन्द्रेसँग भिड्नुअघि रामदेवले योग र कुस्तीको केही दाउपेच प्रदर्शन गरेका थिए । यसपछि सुरु भएको प्रतिस्पर्धामा रामदेवले सुरु देखि नै खेलमा पकड बनाए ।

रामदेवको पहलमानी देखेर आन्द्रे पनि चकित परेका थिए। उनले खेल सकिएपछि बाबा रामदेव राम्रो कुस्तीवाज रहेको बताउन भुलेनन् ।

दिल्लीको केडी जाधव इन्डोर स्टेडियममा भएको यो प्रतिस्पर्धा बाबा रामदेवकै कम्पनी पतंजली आयुर्वेदले प्रायोजन गरेको समाचारमा उल्लेख छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *