राज रोबर्ट लिम्बुको संगीतमा “मेरो साथमा” बोलको गीत सार्वजानिक

काठमाडौ- प्रवासी भूमिमा रहेर पनि सांगीतिक क्षेत्रमा जम्दै गरेका संगीतकार राज रोबर्ट लिम्बुको संगीतमा नयाँ गीत सार्वजानिक भएको छ । राज रोबर्ट लिम्बुको संगीतमा “मेरो साथमा” बोलको गीत सार्वजानिक भएको हो ।

नेपाली साहित्यको क्षेत्रमा निक्कै मज्जाले जमेका राज रोबर्ट लिम्बु पछिल्लो समयमा सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउदैछन् । प्रवासी भूमि कतारमा रोजगारी गर्दै बचेको समयमा लिम्बु निरन्तर संगीत सृजनामा लागि रहेका छन् ।

दुर्गा सवांगको शब्द रचना रहेको यो गीतलाई गोविन्द चेम्जोङ्गले स्वर दिएका छन् ।

यो गीतको म्युजिक भिडियोलाई रिकेश बज्राचार्यले छायांकन गरेका छन् भने सनम लामाले सम्पादन गरेका हुन् । अर्जुन क्षेत्रीको निर्देशन रहेको यो गीतको म्युजिक भिडियोमा चन्द्र, तिर्थ र अर्जुनले अभिनय गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *