राजधानीको टेम्पो र माइक्रोबस हटाउने

माघ २४ काठमाडौ,राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले टेम्पो र माइक्रोबस हटाउने भएको छ । पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिनेछ ।

राजधानीको प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा सार्वजनिक साना सवारीसाधन विस्थापन गरी ठूला सञ्चालन गर्ने योजनारहेको बताईएको छ ।

पहिलो चरणमा गोंगबु–सिनामंगल रुटका ३५ टेम्पो र २६ माइक्रोबस हटाइनेछ । ६१ वटा सवारीसाधन हटाई तिनका ठाउँमा १७ वटा ठूला बस सञ्चालन गरिनेछ । यी बस नयाँ बसपार्क, सामाखुसी, जमल, ज्ञानेश्वर, मैतीदेवी, पुरानोबानेश्वर, सिनामंगल हुँदै एयरपोर्टसम्म गुड्नेछन् ।

चलिरहेका टेम्पो र माइक्रोबस कम्पनी दर्ता गरेर आए ठूला सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ऋण र १५ प्रतिशत सिड मनी दिने व्यवस्था गरिने बताईएको छ । यो आयोजनालाई एसियाली विकास बैंक (एडीबी) ले आर्थिक सहयोग गरेको छ ।

अहिले देशभर दुई हजार दुई सय १६ माइक्रोबस र दुई हजार पाँच सय २८ टेम्पो सञ्चालनमा छन् । तीमध्ये अधिकांश माइक्रोबस र टेम्पो राजधानीमै छन् । यी दुई प्रकारका साना सवारीसाधनलाई व्यवस्थित गर्दा राजधानीको करिब ३० प्रतिशत ट्राफिकभार कम हुने विभागको विश्वास छ ।

सरकारले फागुन १७ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई देशभरबाटै हटाउने भएको छ । २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी सरकारले आउँदो फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको थियो ।

TRAFFIC JAM
चित्रमा देखिए जसरि सवारी चलाईए जाम कम हुने थियो

नेपालमा अत्याधिक मात्रामा रहेको मोटर साइकललाई व्यबस्था गरे मात्र पनि सवारी जाम कम हुने देखिएको छ । सवारीहरुले लेनको अवज्ञा गर्दा पनि सवारी जामको ट्राफिक व्यावस्थापन गर्न कठिनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *