लिम्बुको शवलाई नेपाल पठाउन कियाचु र प्रवासी नेपालि समन्वय समितिको सहयोग

भदौ ३० काठमाडौ, वैदेशिक रोजगारीको शिलशिलामा सन् २००१ मा मलेसियाको पेराकराज्यस्थित एक कम्पनीमा प्रवेष गरेका मोरङ सिजुवा गाउँविकास समिति वडा नं. ८ स्थाई घर भएका रत्न बहादुर लिम्बूको उपचारको क्रममा गत १ सेप्टेम्बर २०१६ का दिन क्वालालम्पुर सेलायाङ आस्पतालस्थित मृत्यु भएको हो ।

मृतक लिम्बू अबैधानीक रुपमा बसेर एक सेक्युरिटी कम्पनीमा कार्यरत थिए । मृतकको घरमा ६० बर्ष नाघेका आमा मात्र हुनुहुन्छ । किरात याक्थुङ चुम्लुङ, मलेसियाको पहलमा मृतकको शबलाई नेपाल पठाउने कार्य भइरहेको छ ।

कियाचु मलेसियाले काठमाण्डौंसम्म पु¥याउने छ भने काठमाण्डौंबाट मोरङ, सिजुवा सम्म प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) ले जिम्मा लिने भएको छ ।

आज किरात याक्थुङ चुम्लुङ, मलेसियाका टोली स्थतगत रिपोर्टटिङका लागि सेलायाङस्थित आस्पताल पुगी मृतकको शबलाई पहिचान गरि प्रमाणीत गरेको छ ।

टोलीमा कियाचु मलेसियाका अध्यक्ष कृष्ण बहादुर आङदेम्बे लिम्बू, महासचिब रुसाहाङ लिम्बू, नेपाली व्यावसायी समाज मलेसियाका अध्यक्ष तथा कियाचु मलेसियाका सल्लाहकार इन्द्र नारायण लिम्बू, किरात धर्म तथा साहित्य उत्थान संघ, मलेसियाका संरक्षक तथा कियाचु, मलेसियाका सक्रिय सदस्य दिलकुमार केरुङ, लिम्बू, जिवन देवन गाउँले, पिएनसिसि मलेसियाका प्रतिनिधी रामचन्द्र नेपाल, गजेन्द्र जिमी लगायत सहभागी रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *