रत्नपार्कको रुखमा बसेर भाषण गर्ने मुकुन्दे संगको रमाइलो कुराकानी (भिडियो सहित)

काठमाडौ- रत्नपार्कको मुकुन्दे भनेपछि नचिन्ने सायदै कमै नेपालीहरु होलान् । तर खास उनि रत्नपार्कका भने होइनन्, उनि भोजपुर जिल्लाको दिङ्गलामा जन्मिएका एक कुशल व्याक्तीहुन् । कुनै एक समयमा रत्नपार्कको रुखमा बसेर भाषण गर्ने गर्थे मुकुन्दे अनि उनको भाषण सुन्न वरिपरी ठूलो जमात भेला हुन्थे ।

ईतिहास देखि वर्तमान सम्म राजा देखि रैती सम्म, नेता देखि नोकर सम्मका सबै थरी मान्छेका वर्णन गर्न सक्ने मुकुन्द घिमिरे उनको यहि कलाले नै काठमाडौमा टिकाइ रहेको छ । भोजपुर घरबाट मातिएर हिडेका मुकुन्द घिमिरे, उनले इन्जीनियर सम्बन्धी अध्ययन गरेका छन् ।

मुकुन्द आफूलाई राष्ट्रियता गणतन्त्र र समाजवादका लागि मुकुन्दल्याण्डको सुन्दर सपना देख्ने एक अभियन्ता ठान्दछन् । पहाडमा रेलै रेल, तराईमा खेतै खेत, हेलिकप्टर बाट बिउ छरेर धान फलाई ३६५ दिन नै नेपाली जनतालाई दशैँ मनाउन लगाउने उनको ठूलो सपना छ । उनको यस्तो कुरा सुनेर सामाजिक संजालमा मुकुन्दे पागल भन्नेहरु पनि छन् ।

सामाजिक संजालकै कारण केहि समय अगाडी साइबर क्राइमको मुद्धा खेपेका मुकुन्द घिमिरे वास्तविकतामा एक सरल व्याक्ती हुन् । नजिक बसेर उनको कुराहरु सुन्दा लाग्छ कम्प्युटर माईण्ड नै हो ।

सामाजिक संजालमा मुकुन्द घिमिरे माथि लागेको आरोप सम्बन्धि कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *