रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विछ्याउन सहमत

फागुन ६ काठमाडौ,नेपाल र भारतका अधिकारीहरु रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विछ्याउने कार्य अघि बढाउन सहमत भएका छन् । आगामी ६ महिनाभित्र नै पेट्रोलियम पाइपलाइन बिछ्याउने योजना बनाइएको छ ।

मुम्बईमा हालै भएको नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन (आइओसी)को बैठकमा आगामी १५ दिनभित्रै पाइपलाइनको ‘रुट (स्पट) एलाइग्नमेन्ट’ टुङ्गो लगाउने सहमति भएको छ ।

सहमति अनुसार पाइप आपूर्ति र पाइपलाइन बिछ्याउने कामको लागि पाइप आपूर्ति गर्न भारतले अर्को साता टेण्डर आहृवान गर्नेछ । ४१ किलोमिटर लामो पाइपलाइन बनाउन भारत सरकारले कूल २ सय ७५ करोड भारतीय रुपैयाँ र नेपाल आयल निगमले ७५ करोड भारतीय रुपैयाँ लगानी गर्दैछ ।

पाइपलाइनको २ किलोमिटर भारतीय र ३९ किलोमिटर नेपाली भूभागमा पर्नेछ । पाइपलाइन सडकको केन्द्र भागबाट १२ मिटरको दुरीमा हुनेछ, जुन सडक विस्तार गर्दा गि्रन बेल्टमा पारिनेछ र, जमिनबाट झण्डै २ मिटर मुनि राखिनेछ । पाइपको आकार १० इन्चको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *