“यो जुनीमा बाँचुन्जेल सम्म” बोलको गीत सार्वजानिक

काठमाडौं, २८ कात्तिक- निर प्रसाद गुरुङ्गको ‘जूनी’ एल्बममा रहेको “यो जुनीमा बाँचुन्जेल सम्म” बोलको गीत सार्वजानिक भएको छ । गायिका मिलन अमात्यको स्वरमा रहेको गीत निकै मार्मिक रहेको छ ।

गीतकार गुरुङले ‘जूनी’ एल्बममा ४ वटा गीत समावेश गरेका छन् । गीत एक, सङ्गीत अनेकको मुख्य विशेषतामा चारवटा गीतको शब्द एउटै रहेको छ भने लय र ताल अलग अलग रहेका छन् । यो नेपाली गीत संगीतमै पहिलो पल्ट यसरी प्रयोग गरिएको हो ।

यो गीतको संगीत बी.बी.अनुरागीले गरेका छन् । दिपक सुनारको रिकर्डिङ्ग रहेको यस गीतमा मिक्सिङ्ग( मास्टेरिङ्ग शुकुराम विश्वकर्माले गरेका छन् ।

यो गीतको म्युजिक भिडियोमा भेष गुरुङको छायांकन रहेकोछ भने, मोडेल तथा नायिका रन्जिता गुरुङ्गले एक दृष्टिबिहिन युवतीको भूमिका निर्वाह गरेकी छन् । भिडियोमा रन्जितालाई चर्चित नायक गमन घलेले साथ दिएका छन् । भिडियोलाई राजन पुवारले सम्पादन र प्रीतम गुरुङ्गको निर्देशन गरेका छन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *