यूवाहरूलाई अशोका उधमीका रुपमा पहिचान गर्नुपर्ने यूवा लक्षित कार्यक्रम अतिआवश्यक छ: पुन

काठमाडौं २२ बैशाख, यूवा विद्यार्थीहरूलाई अशोका उद्यमीका रुपमा पहिचान गरिने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा बज्र एकेडेमिले पत्रकार सम्मेलन गरेर यूवाहरूलाई अशोका उधमीका रुपमा पहिचान गर्नुपर्ने जनाएको छ ।
अशोका यूवा उद्यमी कार्यक्रम नेपालका लागि संयोजक उदित भट्टले १२ बर्षदेखि २० बर्ष उमेर समुहका यूवाहरूले सामाजिक समस्या समाधान गर्नका लागि यस कार्यक्रममा आबेदन दिई अझ आफ्नो कार्यलाई प्रभावकारी बनाउन सक्ने बताएका छन्।

संयोजक भट्टले भने,‘अहिले हाम्रो देश अनेकन समस्यमा गुज्रिदै छ, यहाँ यूवाहरूलाई केवल प्रयोग गर्ने काम भएको छ, अब यूवाहरूलाई समस्या समाधान गर्नको लागि नेतृत्व तथा सिर्जनशिलता विकास गराउने खालका कार्यक्रम संचालन गरि सक्षमता विकास गरेमा मात्र देश तथा विश्व परिवर्तन गर्न सम्भव छ, अशोकाद्धारा पहिचान गरिएका ३५ सय बढि सामाजिक उद्यमीहरूले अन्तर्राष्ट्रिय समुदायमै नविन परिर्वतनहरू गरेर देखाउन सफल भएका छन्।’
उनले अघि भने,‘नेपालमा महावीर पुन, अनिल चित्रकार, त्यसै गरी नोवेल पुरस्कार विजेता भारतिय नागरिक कैलाश सत्यार्थी, प्रख्यात वेभसाईट विकिपिडियाका संस्थापक समेत अशोकाले पहिचान गरेका नेतृत्वकर्तालाई हामी पढ्न सक्छौँ।’

त्यसैगरि कार्यक्रममा बज्र एकेडेमीका प्रधानाध्यापक टिकाधोज भण्डारीले स्कुलले पढाउने मात्रै काम नगरेर सामाजिक उत्तरदायित्व, नेतृत्व, समानुभूति र सामुहिक भावनाको विकास गराउनको  लागि  सबैलाई आग्रह गरेका छन्। उनले भने,‘यस कार्यक्रमले नेपाल भरका संस्थागत तथा सामूदायिक विद्यालयमा अध्ययनरत यूवाहरू लागि अशोकाले आवश्यक सहयोग,सञ्जाल विस्तार मार्फत उनिहरूका कार्यलाई समाजमा बढि प्रभाव पार्न प्राविधिक सहयोग गर्नेछ।’

राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता एवम् अशोका नेतृत्वकर्ता डा.महावीर पुनले अशोका फेलोको काम अरु एनजिओकोजस्तो नहुने बताए । उनले भने,‘यो अशोका फाउण्डेशन अरु जस्तो संस्था होइन, यसले विशुद्ध नौलो र प्रभावकारी विचार कार्य गरेका मानिसलाई पहिचान गरि उनिहरूलाई आवश्यक सिप तालिम तथा सञ्जालमा आवद्ध गराई समाजमा रहेका विद्यमान समस्यालाई यूवा नेतृत्व मार्फत समाधान गर्न सहयोग गर्छ, अरुले गरेका नक्कली काम अशोका फेलोले गर्दैनन, नयाँ खोज र नौलो प्रकृतिका उद्यमशीलताको खोजी गर्छ, त्यसैले पनि नेपालमा यो कार्यक्रम सुरु हुनु अत्यन्तै राम्रो कुरा हो।’ डा. पुनले नेपालमा यूवा लक्षित कार्यक्रम आवश्यक भएको बताएका छन् ।

यस कार्यक्रमा भाग लिनको लागि १२ बर्षदेखि २० बर्ष उमेर समहुका यूवाहरूले जेठ १ गते देखि ३० गतेसम्ममा बज्र एकेडेमीको वेबसाईट www.vajraacademy.org मा आवेदन दिन सक्ने वा सम्पर्क नम्बर ९८५११९७४३५ मा सम्पर्क गर्नसकिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *