युवा कबि बम बानियाँको “मान्छे जोत्ने शहर” कबिता संग्रह लोकार्पण सम्पन्न

फागुन १ काठमाडौ, “मान्छे जोत्ने शहर” कबिता संग्रहको लोकार्पण गरिएको छ । युवा कबि बम बानियाँद्वारा लिखित ‘मान्छे जोत्ने शहर”को शनिबार सातदोबाटोस्थित अलग अभियानको कार्यक्रम हलमा एक कार्यक्रम बिच लोकार्पण गरिएको हो ।

राष्ट्रगानका रचनाकार व्याकुल माइला, कविहरु जसराज किराती, भूपाल राई, लेखक तथा चिन्तक आहुति, लेखक तथा समीक्षक डा.धनप्रसाद सुवेदी, डा.विष्णु राई, प्राज्ञ तथा सङ्गीतकार शान्तिराम राई, सङ्गीतकार मण्डल साम्पाङ, गायिका आभा मुकारुङ लगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए ।

कृति र कविताबारे विशेष अतिथिको आशन बाट बोल्दै कवि किरातीले आफू सरल तर कलात्मक छायाँवादी कविताको पक्षमा रहेको बताए । आहुतिले आजको समय ‘कन्फ्युजन’ भएकाले यसलाई चिरेर अघि बढ्न युवा कवि बानियाँको जस्तो सक्रियता,चिन्तनशीलता र पारदर्शिताको जरुरी भएको बताए ।

कार्यक्रममा कविहरु टीका चाम्लिङ,चन्द्र रानोहोँछा र धरारानीले विमोचित कृतिबाट एक-एक वटा कविता वाचन गरेका थिए ।

कार्यक्रमलाई रावा सावा प्राज्ञिक समाज नेपाल र अलग आर्ट हबले आयोजना गरेको थियो । भिमु मेरोरियल ट्र्ष्टले प्रकाशित गरेको, युवा कबि बानियाँको यो “मान्छे जोत्ने शहर” दोस्रो कबिता संग्रह हो ।

बानियाँको यसअघि ‘जागै छन् शब्दहरु’ कबिता संग्रह प्रकाशित छ ।

कार्यक्रमको केहि झलकहरु 

Leave a Reply

Your email address will not be published. Required fields are marked *