यातायात खर्च दिएर संसदहरुलाई शनिवार बिदाई गरिने

काठमाडौ २७ असोज- व्यवस्थापिका संसदका ५९२ सांसदहरुलाई शनिबार विशेष बैठक पछि बिदाई गरिने भएको छ । शुक्रबारको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक राखेर विधिवत रुपमा बिदाई गरिने भएको हो ।

सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखको कार्यालयले जनाएको छ । बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन भएका छन् ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने भएको हो ।

यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।

संसद बिघटनअघि यो संसदको अन्तिम विजनेश बैठक आज शुक्रबार बस्दैछ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक र भाषा आयोगसम्बन्धी विधेयकलाई कार्यसूचीमा राखिएको छ । त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक सम्बन्धी बिधेयक पनि बैठकले पारित गर्ने कार्यसूची छ ।

चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास भइरहेको छ । यदि यो संसदले पारित गर्न नसके सरकारले अध्यायदेशबाट ल्याउनुपर्नेछ ।

संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन् । अर्को संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।

बिदाई भएर जाने सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा पाउने छन् । यसअघिको प्रचलन अनुसार भूतपूर्व भएर फर्किन लागेका सांसदहरुलाई यातायात खर्च पनि दिइनेछ । यातायात खर्च कति पाउने हो ? त्यो भने जानकारीमा आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *