यस्ता छन्, सम्भावित प्रदेश प्रमुखहरुको नामावली

काठमाडौ ३ माघ- सरकारले आजै प्रदेश प्रमुखको नामबारे टुंगो लगाउने भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल गरेको थियो। तर निर्णय नभई बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ।

तिन बजेको बैठकले सबै नाम सार्जनिक गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । भागबण्डा अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा संघीय समाजवादी फोरमको सिफारिसका आधारमा नाम टुंगो लगाइएको हो। वाम गठबन्धन बाहेकका दलबाट सिफारिस गरिएका नाममाथि बैठकमा छलफल भएको हो। बिहान साढे ९ बजेदेखि बैठक बसेको थियो।

प्रदेश प्रमुखमा कोको?
प्रदेश १ – गोविन्द सुब्बा
प्रदेश २ -उमाकान्त झा
प्रदेश ३ -अनुराधा कोइराला
प्रदेश ४ -बाबुराम कुँवर
प्रदेश ५ -रत्नेश्वर कायस्थ
प्रदेश ६ -चन्द्रकृष्ण घिमिरे
प्रदेश ७ -वसन्तराज मल्ल

गोविन्द सुब्बा कांग्रेसका पुराना नेता हुन् । उमाकान्त झा पूर्व प्रशासक एवं खिलराज रेग्मी सरकारका मन्त्री हुन् । उनी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन् ।

अनुराधा कोइराला माइती नेपालकी अध्यक्ष हुन् भने बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । यस्तै दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् । मोहनराज मल्ल पूर्वराष्ट्रिय पञ्चायत सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *