म सामान्य मान्छे हुँ: सरदार प्रितम सिंह

काठमाडौं । सरदार प्रितम सिंहले आफू राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको प्रष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रस्ट पार्दै सिंहले प्रचण्डसँग राजनीतिक नभई पारिवारिक सम्बन्ध मात्रै भएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सिंहले आफू राजनीतिक व्यक्ति नभएकाले अरू धेरै कुरा थाहा नभएको पनि बताए। प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएकोमा सिंहले आश्चर्य समेत प्रकट गरेका छन् ।

सिंहले प्रचण्डका छोरा प्रकाश दाहाल आफ्नो नातिको साथी भएको पनि स्मरण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *