मोरङको ग्रिन प्लाई उद्योगमा भीषण आगलागी

विराटनगर, १० असार- मोरङको बुढीगंगा‍‍ ५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी भएको छ । शनिबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगो निभाउन पूर्वका विभिन्न जिल्लाबाट आएका ११ वटा दमकल प्रयोग गरिएको छ ।

सुरक्षाकर्मी र, स्थानीयवासी र मोरङ, झापा, सुनसरी, सप्तरीका ११ वटा दमकल घटनास्थलमा खटिएका छन् । आगलागीबाट उद्योगका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको छ । क्षतिको विवरण अझै आउन बाँकी रहेको छ ।

उद्योगमा चिरान काठ राखेको ठाउँबाट एक्कासी आगलागी सुरु भएको थियो । यो उद्योग संयुक्त रुपमा उद्योगी जीवन रिजाल, बजरंग अग्रवाल, मनिष खेतान, रमेश आचार्य र पारस रिजालले सञ्चालन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *