मुस्लिम बाहुल्यता भएका ६ वटा देशहरु अमेरिका प्रवेशमा रोक

काठमाडौं, १९ मंसिर – अमेरिकी सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ ।

अमेरिकी सर्वोच्च अदालतको समर्थन भएपछी अमेरिकामा तत्काल पूर्ण रुपले ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्ने छ । यो निर्णय संगै मुस्लिम बाहुल्य देशहरु चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लाग्ने छ ।

तर राष्ट्रपतिको निर्णयविरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन । यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *