इटहरी/ कोरोना महामारीका कारण होटल ब्यवसायले पनि ठूलो क्षती बेहोर्नु पर्यो । महिनौसम्म बन्द भएपछी कतिपय होटलहरु सदाका लागि बन्द भएभने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः संचालनमा आउन थालेका छन् ।
यस्तैमा धरानमा रहेर सेवा प्रदान गर्दै आएको फ्रेन्ड्स गार्डेन होटल पनि पुन: सन्चालनमा आएको छ । पहिलो चरणको लकडाउनले थलापरेको होटल खुलेपनी फेरि दोश्रो चरणको कोरोनाका कारण बिगत ४/५ महिनादेखी पुर्ण रुपमा बन्द थियो । होटल संचालकले सनिवार एक कार्यक्रम गरि फ्रेन्ड्स गार्डेनलाई पुन: संचालनमा ल्याएका हुन ।
धरानमा भैरहेको ‘मिस लुमियर नेपाल २०२१’ का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सन्चालनमा ल्याइएको हो । कार्यक्रममा सन्चारकर्मी, इभेन्ट अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्यको पनि विशेष सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था ‘एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट’कि अध्यक्ष सरला श्रेष्ठ र कोरियोग्राफर सिम्रन श्रेष्ठ संगै प्याजेन्टका प्रतिष्पर्धीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको भिडियो ।
कार्यक्रममा बोल्दै शाक्यले फ्रेन्ड्स गार्डेनमा आफ्नो पुरानो सम्बन्ध र नबिर्सने सम्झना रहेको भन्दै पुनः सन्चालनमा आएकोमा सुभकामना दिएका छन् । त्यस्तै उनले मिस लुमियर नेपाल २०२१ टिमलाई पनि सफलताको सुभकामना दिएका थिए । पारिवारिक वातावरणमा स्वच्छ र ताजा खाना, खाजा लगायतका पेय पदार्थका आईटमका स्वादहरु लिन सकिने फ्रेन्डस गार्डेन होटलका संचालक शारदा लिम्बुले बताइन् । होटलमा साङितिक कार्यक्रमहरु पनि हुने बताइएको छ । विभिन्न ब्याण्ड तथा गायकहरुको लाईभ प्रस्तुतिले आगन्तुक ग्राहकहरुलाई मनोरञ्जन प्रदान समेत गरिने संचालक लिम्बुले बताइन् । फ्रेन्ड्स गार्डेन धरानको पुतलिलाईनमा बिगत ४ बर्षदेखि निरन्तर संचालनमा रहेको छ ।