मिस नेपाल पिसमा प्रतिष्पर्धा गर्दै खोटाङकी चेली निशा

चिसाङ्ग शेर्पा
फागुन १५ खोटाङ्ग, मिस नेपाल पिसमा खोटाङकी निशा फाइनल प्रतिष्पर्धामा पुग्न सफल भएकी छन् । नेपाल ब्रेस्ट क्यान्सर फाउण्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको मिस नेपाल पिसमा दुर्छिमकी निशा राई फाईनल प्रतिष्पर्धामा पुग्न सफल भएकी हुन् ।

राजधानी काठ्माण्डौंमा केही समयअघि आयोजना गरिएको अडिसनबाट निशा फाइनल अडिसनकालागि छानिएकी हुन् । मिस नेपाल पिसका लागि बिजयी गराउन निशाले शुभेच्छुक समक्ष आग्रह गरेकी छन् ।

उनलाई आगामी फागुन १८ गतेसम्म मोबाईलको मेसेज बक्समा क्यापिटल एमएनपी टाइप गरेर एक स्पेश दिएर २१ टाईप गरी ३३००१ मा मेसेज पठाएर भोट दिन सकिन्छ । एउटै मोबाईल नम्बरबाट पटक–पटक एसएमएस गरेर उनलाई भोट दिन सकिन्छ ।

‘तपाईहरुको भोट बिना मिस नेपाल पिस सफल र अर्थपूर्ण हुन सम्भव छैन,’ निशाले फेसबुकबाट आग्रह गर्दै भनेकी छन्, ‘मलाई फागुन १८ गतेसम्म एसएमएसबाट भोट दिनकालागि सबैमा आग्रह गर्दछु ।’

बिगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको मिस नर्स नेपालको चौथो संस्करणलाई परिवर्तन गरेर यसपल्ट मिस नेपाल पिस बनाइएको हो । अश्वास्थ्य व्यक्तीको मानसिक एबं शारीरिक शान्तिमा स्वास्थ्य परिचारिकाहरुको अग्रणी भूमिका हुने भएकाले मिस नेपाल पिसको अवधारणा अघि सारिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *