ईन्द्र जिजीबिषा-काठमाडौ १५ बैशाख, “एउटा जिन्दगीको पटक-पटक मृत्यु हुन्छ, एउटै जिन्दगीमा” बोलको गीत सार्वजनिक भएको छ । मान्छेले आफ्नो जिन्दगीमा भोग्नु पर्ने अनेकौ दुख र पिडाहरुलाई यो गीतको माध्यामबाट छताछुल्ल पोखिएको छ ।
गीतकार राजन राईको शब्द रचनामा बरिष्ठ संगीतकार डक्टर किरातले यो गीतमा संगीत गरेका छन् । गीतकार राजन राई “जिन्दगी यो फूलै फूलको थुङ्गो हुदैन” जस्ता सदाबहार गीतको शब्द रचनाकार हुन् भने बरिष्ठ संगीतकार डक्टर किरात धेरै अध्यायन अनुसन्धान पश्चात खारिएर संगीतमा लागेका अहिलेका सबै भन्दा सरल र उत्कृष्ट संगीतकार हुन् । सदाबहार गायिका अन्जु पन्तको स्वर रहेको यो गीतलाई बिनोद गुरुङ्गले एरेञ्ज गरेका छन् ।
यो गीतको म्युजिक भिडियो पनि बनेको छ । नायिका अनु शाह र रमेश कटुवालको अभिनय रहेको उक्त म्युजिक भिडियोमा तेजस्वी र रोहन बालकलाकारको भूमिकामा रहेका छन् । समन अधिकारीको निर्देशन रहेको यो गीतको म्युजिक भिडियोलाई भरत रेग्मीको सम्पादन र शिवराम श्रेष्ठको छायांकन रहेको छ । यो गीत “अक्षर र आवाज” एल्बममा समाबेस रहेको छ ।
गीतको म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला