मारुती सुजुकी र टोयोटाले संयुक्त रुपमा मिडसाइज एसयूभी बनाउने

काठमाडाैँ । जापनीज अटोमोवाइल कम्पनी सुजुकी र टोयोटाको पार्टनरसीपसँगै भारतीय बजारमा पहिलो पटक संयुक्त रुपमा नयाँ एसयूभीको विकास भईरहेको खबर बाहिर आएको छ ।

यी दुई कम्पनीले भारतीय बजारका लागि मिडसाइज एसयूभीको विकासमा शुरु देखि काम गरिरहेको बुझिएको छ ।

दुई कम्पनीले संयुक्त रुपमा १० अरब भारुको लगानीमा नयाँ मिडसाइज एसयूभी बनाइरहेका छन् । नयाँ बन्ने मारुती सुजुकी र टोयोटाको पार्टनरसीपको एसयूभीले भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेनको टाइगुन तथा स्कोडाको कुशाकसँग प्रतिस्पर्धा गर्नेछ । साथै, नयाँ एसयूभीको लम्बाई पनि हुन्डाईको क्रेटाको जतिनै ४.३ मिटरको हुने अनुमान गरिएको छ ।

यस अघिनै भारतमा टोयोटा मारुतीको पार्टनरसीपसँगै टोयोटाको व्याजमा मारुती सुजुकीको बनेनो, ग्लान्जा तथा भिटारा ब्रेजा, अर्वन क्रुजर बनेर बिक्री भइसकेको छ । तर, नयाँ बन्ने मिडसाइज एसयूभी भने टोयोटा वा मारुती सुजुकी कुनै पनि कम्पनीको अहिले भएको मोडल नभई बिल्कुलै नयाँ मोडल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *