मातृभाषा साहित्य पुरस्कारबाट चार स्रष्टा पुरस्कृत

काठमाडौ ९ फागुन- यो वर्षको ‘मातृभाषा साहित्य पुरस्कार’ चार मातृभाषी युवा स्रष्टालाई प्रदान गरिएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत हुनेमा मगर भाषा बाटकवयत्री हेमा आलेमगर (नवलपरासी), बान्तावा भाषाका कवि निराजन बतास (भोजपुर), चाम्लिङ भाषाका कवि तिलक चाम्लिङ (खोटाङ) र ताजपुरिया भाषाका कवि तेजेन्द्र ताजपुरिया रहेका छन् । उनीहरुलाई जनही ३० हजार रुपैयाँ राशिको पुरस्कार प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ्गले प्रदान गरेका हुन् ।

कार्यक्रममा भाषाशास्त्री डा. तारामणि राईले ‘मातृभाषा प्रयोग र विस्तार’ विषयक प्रवचन पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *