माओवादी केन्द्रको बैठक पेरिस डाँडामा

काठमाडौं, ३ पुस – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न अहिले माओवादी केन्द्रको केन्द्रीय कार्यलय पेरिस डाँडामा बैठक बस्दैछ।

बैठकमा एमालेसँगको गठबन्धनबाट पार्टीलाई प्राप्त परिणाम, पार्टी एकता र पार्टीको अवस्थाका बारेमा छलफल हुने बताईएको छ । बैठकमा जनमत आइसकेपछि नयाँ सरकार गठनबारे पनि छलफल हुने बताईएको छ । यो बैठकले वाम गठबन्धनले पाएको जनमत र माओवादीलाई प्राप्त भएको परिणाम लगायतको समीक्षा गर्दै भावी रणनीति तय गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *