महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु हाम्रा लागि चुनौती: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरे पनि महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु चुनौती भएको बताएका छन्।

पाँचौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनले सबै किसिमका हिंसा, विभेद र शोषणको अन्त्य गर्दै समतामूलक राष्ट्र निर्माणमा एक जुट हुन आग्रह गरेका हुन्।

‘विभिन्न नीतिगत, कानूनी तथा कार्यक्रमका प्रयासका बावजुद महिलामाथि हुने व्यवहारगत विभेद हट्न नसक्नु, अशिक्षा, हानिकारक अभ्यास, लैङ्गिक विभेद तथा हिंसालाई बढावा दिने खालका सामाजिक मूल्य मान्यता, प्रथा परम्परा कायमै रहनु, महिला तथा बालबालिका माथि घरेलु, यौनजन्य तथा लैङ्गिकतामा आधारित हिंसा विद्यमान हुनु हाम्रा लागि चुनौतीका रूपमा रहेका छन्,’ उनले सन्देशमा भनेका छन्।

महिलाको आर्थिक तथा सामाजिक जीवनमा सारभूत लैङ्गिक समानता कायम गर्नु अहिलेको दायित्व भएको प्रधानमन्त्री प्रचण्डले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *