कार्तिक ३ काठमाडौ, संविधान जारी भएको एक वर्षपछि ,व्यवस्थापिका संसदको बुधबारको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका चार-चार तथा नेकपा माओवादी केन्द्रका दुईजना प्रतिनिधि छन् भने राप्रपा नेपालबाट एक जना, प्रमुख सचेतक दीलनाथ गिरी सिफारिस समितिमा छन् , कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपक कुँइकेल र कुमारी लक्ष्मी राई सदस्य रहेका छन् ।
एमालेले केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन् भने माओवादीबाट अमनलाल मोदी र रामनारायण बिडारी छन् ।
संसद बैठक अघि सभामुख ओनसरी घर्तीले बोलाएको सचेतकहरुको बैठकले राप्रपा नेपालको प्रतिनिधिको नाम छुटेको थियो । तर, राप्रपा नेपालले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएपछि नाम थप गरिएको हो ।