मन्त्रिपरिषदको निर्णय बिरुद्ध चिकित्सकहरु आन्दोलित

काठमाडौ, ५ असोज- मन्त्रिपरिषदको निर्णय बिरुद्ध चिकित्सकहरु आन्दोलित भएका छन् । बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले काठमाडौको माईतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा यो आन्दोलन गरिएको हो ।

नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले पनि सरकारसित सो निर्णय फिर्ता लिन माग गर्दै भोलिदेखि देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *