बुटवल । प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेल (बलु)को हत्या पुन समूहले नै गरेको थियो । पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको हुन सक्ने बताइएको छ ।पैसा उठाएकाहरुको नाम भने मनोजको डायरीमा भेटिएको छैन ।’
मनोजको समूहले उठाएको रकममध्ये धेरै जोगेन्द्रले लिएको अनुमान छ । जोगेन्द्र भारतीय नागरिक हुन् तर, उनले नेपालको पनि नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ ।