मधेशमा अब चुनाव कसैगरी पनी रोकिन्न:- उपेन्द्र यादव

काठमाडौं २५ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनका लागि देशव्यापी रूपमा उत्साह छाएकोले जुनसुकै पार्टीले बहिष्कार गरे पनि चुनाव अब नरोकिने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले भने,‘अब चुनाव हुन्छ, हुन्छ, कोही पार्टीले चुनावमा जान्नभन्दा पनि अब चुनाव रोकिँदैन्, उपेन्द्र यादवको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, किनकी जनताले चुनाव चाहेका छन्।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कार मायादवले आफ्नो पार्टीले देशव्यापी रूपमा चुनावी तयारी गरिसकेको समेत जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेद्धवारी दिन्छ, यसमा कुनै शंका छैन् ।’ उनले जनताबाट आफ्नो पार्टीको पक्षमा देशव्यापी रूपमाउत्साह र समर्थन आईरहेको समेत जिकिर गरे । उनले यतिवेला आफ्नो पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको ठूलो लर्को नै लागेको उल्लेख गर्दै भने, ‘हेर्दै जानुहोला, ऋषि धमलाजीले पनि हाम्रो पार्टीबाट सांसद बन्नुहुन्छ ।’
अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिए । उनले भने, ‘हामी चुनावी तालमेलको लागि सबैसँग खुल्ला छौं, राजपा नेपाललाई पनि तालमेलको लागि अपिल गरिरहेका छौं, हामी सँगै लड्नको लागि तयार छौं ।’ यादवले आफ्नो पार्टीले संघीयता, गणतन्त्र र परिवर्तन पक्षधरसँग चुनावी तालमेल गर्ने जानकारी दिए । उनले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुरको देउवाको पक्षमालर्को लागेर मतदानगर्न आउने मधेशी नेताहरू स्थानीयतहको निर्वाचनमा उठेका मधेशी नेताहरूलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत तेर्साए । उनले भने, ‘प्रधानमन्त्रीको उम्मेद्धवार गैर–मधेशीहुँदा पनि उहाँहरूले भोट त हाल्नुभयो नि, अब तराईमा हुने चुनावमा मधेशी नै उम्मेद्धवार उठ्ने हुन् । उनले अरु पार्टीले भन्दा आफ्नो पार्टीले चुनावमा धेरै राम्रो परिणाम ल्याउने समेत दाबी गरे ।
यादवले भने,‘म दाबाका साथ भन्छु हाम्रो पार्टीले अरु पार्टीभन्दा धेरै राम्रो परिणाम ल्याउँछ ।’ दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्तावपारित भए जनतामा अति नै उत्साह छाउने उनको विश्वास थियो । उनले भने, ‘चुनाव अघि नै संशोधन प्रस्ताव पारित भए जनता रेनकोट ओढेर भएपनि मतदान गर्न आउँछन्, जनताले यतिवेला निर्वाचन र समृद्धि खोजेका छन् ।’ उनले जनताले खोजेको कुरा राज्यले समयमै पूरा गरिदिनुपर्ने बताए । उनले आफ्नो पार्टीलाई अझैपनि संशोधन प्रस्तावपारित नभए निर्वाचन जानु हुन्छ किहुँदैन भनेर प्रश्न गरिने गरेको बताउँदै भने, ‘हामी त निर्वाचनमा सहभागी भैसक्यौ नि, अब पनि यसबारेमा प्रश्नगर्ने हो र ?।’ उनले आफ्नो पार्टीको विरुद्धमा चारैतिरबाट युद्ध छेडिएको समेत गुनासो पोखे । यादवले भने,‘चुनावमा नजाँदा किन गएन भनेर प्रश्न गर्छन, अनि चुनावमा भाग लियो भने किन गयो भनेर प्रचारवाजी र विरोध हुन्छ, यस्तो किन भैरहेको छ मैले बुझ्न सकेको छैन्।’
अध्यक्ष यादवले अहिले नै सरकारमा जानेबारे आफूहरूले नसोचेको समेत जानकारी दिए । उनले भने,‘हामीलाई अहिले सरकारमाजानकुनै हतारो छैन, यसबारेमा हामीले केही सोचेका छैनौं ।’ यादवले आफ्नो पार्टीको पूर्ण ध्यान नै यतिवेला संविधान संशोधनमार्फत सबैको स्वीकार्यता बढाउने र आफ्ना मुद्दा स्थापित गराउने रहेको बताए । उनले सरकारमा आफूहरू सहभागी भए वा नभए केही फरक नपर्ने बताउँदै मुलतः मुलुकका सामू रहेका तीन चूनौतिहरूको समाधान गर्नतर्फ सरकारले खासगरी नयाँप्रधानमन्त्रीले ध्यानदिनुपर्नेमा जोड दिए । उनका अनुसार विगतमा विभिन्न आन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र बलिदानबाट प्राप्तभएका सबै उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने मुख्यचूनौति रहेको छ ।
यादवले भने,‘हामीले विभिन्न संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरू आज एक एकगरि धरापमा पर्दैछन्, अबयी सबै उपलब्धिहरूको रक्षागर्नुपर्छ ।’ त्यस्तै उनले तीन वटै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने र संविधान संशोधनमार्फत सबैको स्विकार्यता बढाउनु पनि ठूलो चूनौति अहिले रहेको बताए । सरकारले सुरुमै संविधान संशोधन र गाउँपालिका तथा नगरपालिका लगायतका स्थानीयतहको संख्या बढाईदिएको भए समयमै समस्याहलहुने थियो भन्दै अबपनि संविधान संशोधनमार्फत सबैको स्विकार्यता बढाउन ढिलाई गर्न नहुने यादवको भनाई थियो । त्यस्तै, यादवले तत्काल सरकारले मुद्दा फिर्ता र बन्दी रिहाई गर्न समेत माँग गरे ।
त्यस्तै उनले असमानता र विभेदको अन्त्यपनि चाँडै गर्नुपर्ने र आर्थिक समृद्धितर्फ सोच्नुपर्नेमाजोड दिए । उनले भने,‘सयकडौं उद्योगहरू बन्द छन्, लगानीआउन सकेको छैन, लाखौं युवायुवतीहरू वैदेशिक रोजगारको लागिविदेश गएका छन्, त्यसैले अबमुलुकलाई शान्ति र समृद्धितर्फ लैजानुपर्छ, बन्दउद्योगहरू पूर्नसञ्चालनगर्नुपर्छ, कृषि, पर्यटन र जलश्रोतमा बढि ध्यान दिनुपर्छ।’ प्रचण्ड नेतृत्वको माओवादीसँग तपाईको पार्टीले एकतागर्दैछ अरे निभनेर पत्रकारले गरेको एक प्रश्नमाभने, ‘एकताको संभावना त हुँदै हुँदैन भन्ने होईन नि, राजनीतिक दलहरूवीच वार्ता हुनु नौलो कुरा होईन।’ यद्दपि यादवले अहिले नै पार्टी एकताको लागिकुनै कुरा नभएको स्पष्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *