भ्रष्टाचारविरुद्धको लडाइँ कुनै पनि हालतमा रोकिन्न: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाइँ कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दै उनले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दावी समेत गरे । उनले आफूले सरकार संचालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकीर समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *