भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतद्वरा मंजुल सम्मानित र मिरा राई पुरस्कृत

ईन्द्र जिजीबिषा-काठमाडौँ १४ चैत्र, भोजपुर जिल्लाका दुई प्रतिभाहरुलाई सम्मान र पुरस्कृत गरिएको छ । भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले भोजपुरका दुई हस्ती बरिष्ठ कबि तथा गीतकार मन्जुल र अल्ट्रा म्याराथुन धाविका विश्व बिजेता मिरा राईलाई सम्मान तथा पुरस्कृत गरेको हो । अघिल्लो बर्ष नै गर्नुपर्ने कार्यक्रम भएपनि विविध कारणले एकबर्ष ढिलो यो कार्यक्रमको आयोजना गरिएको थियो ।mira rai

कार्यक्रममा बरिष्ठ कबि तथा गीतकार मंजुललाई नेपाली शाहित्य र संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद १० हजारको थैलीको साथमा ताम्रा पत्र र भाद गाउले टोपीले सम्मान गरिएको थियो । विश्व विजेता अल्ट्रा धाविका मीरा राईलाई अन्त्यन्तै साहसिक खेल अल्ट्रा धावकको रुपमा विश्वलाई पराजित गरेर नेपाल र नेपालीको शिर उच्च बनाई दिएकोमा नगद ३० हजारको थैलीको साथमा ताम्र पत्र र खादाले सम्मान गरिएको थियो ।

कुनै बेला माओवादीले अयोग्य ठहर गरेर वेवास्ता गरिएकी मिरा राईले अल्ट्रा धावकको रुपमा विश्वको साहसिक खेलाडि सावित गर्दै आफूलाई अयोग्य ठहर गरिएको जवाफ दिएकी छिन् । त्यो समय यस्तो थियो, जुन बेला नेपालमा कुनै एकजना तरकालीवाली मेडियामा भाइरल बनि रहेकी थिइन् । गाउँघरका लाखौ तरकारीवालीहरुलाई नदेखेका मेडियाहरुले आफ्नो बाबुलाई सहयोग गर्न तरकारी बजारमा ओसार्नु सघाएको बेला यौवनको सुन्दरी कुसुम श्रेष्ठलाई देखेपछि मेडियाहरुले उनको तस्विर भाईरल बनाएका थिए । ठिक त्यहिबेला, नेपाल र नेपालीको ईज्जत र सम्मानको खातिर आफ्नो छातीमा रगत जमाएर दौडिरहेकी मिरा राईलाई मेडियाले जति देख्नु पर्ने त्यो देखेको थिएन । तर उनले आफ्नो प्रयास निरन्तर जारिराख्दा विश्व किर्तिमान राख्न सफल भईन ।

मिरा राईले गत दुईबर्ष अगाडि देखि उनको जन्मथलो भोजपुरको सानो दुम्मामा सानो दौड प्रतियोगिता पनि संचालन गर्दै आईरहेकी छिन् ।

कार्यक्रममा, आफुलाई भोजपुर प्रतिष्ठान वेलायतले सम्मान गरेकोमा खुशी हुदै मन्जुल भाबुक भएका थिए । अत्यन्तै भाबुक भएपछी मौन मन्तव्य दिएका थिए ।

manjulकार्यक्रममा बरिष्ठ कबि तथा गीतकार श्रवन मुकारुङ्गले ” मंजुल भोजपुरको मात्र हैन, सिंगो देशको सम्मानित व्याक्तित्व हो । प्रज्ञा प्रतिष्ठानमा आजीवन प्राज्ञ परिषद सदस्य हुन पाउने नियम बनाईएको छ । मैले कयौ पटक मंजुललाई प्राज्ञ बनाउनु पर्छ भन्दा मेरो आवाज कसैले सुनेन । महलमा बस्नेहरु, ठम ठम हिड्ने मान्छेहरुलाई राजनीतिक प्रभावमा प्राज्ञ बनाइएको छ । यहाँ कला र प्रतिभालाई सम्मान गरिन्दैन । राजनीतिको हालीमुहाली रहेको छ । भोजपुरको सानो दुमा जस्तो विकट ठाउँमा जन्मिएकी मिरा राईलाई अरु कसैले मिरा राई बनाईदिएको हैन, आफ्नै पाखुरिले गर्दा आज मिरा राई भएकी छिन् । कुनै बेलाकी अयोग्य मिरा राईले आज यो स्थानमा आएकोले नै हामीहरु सबै मिरा राईको पछि दौडि रहेको छौं । संघ संस्थाहरु दौडिरहेका छन् । तर मिरा राईले हिम्मत हारेर प्रयास नगरेकी भए आज कोहि पनि उनको वास्ता गर्ने थिएन । किनकी बलेको आगो मात्र ताप्ने गरिन्छ” भने ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै गणेश रशीकले भने” म वास्तबमै मंजुलको प्रेरणाले गर्दा नै आज यो स्थानमा आईपुगेको हुँ । मंजुल मेरो अत्यन्तै मिल्ने साथी हुनुहुन्छ । हामीहरु संगै पढेका हौ, उनको घर नजिकै बरको रुख थियो, त्यहि रुख नजिकै सानो खोला थियो, हामी त्यहि खोलामा पौडी खेल्थ्यौ । मंजुल सधै स्कुलमा गीत गाउनुहुन्थ्यो, हामी उहाँले गीत गाउदा उफ्री उफ्री नाच्थ्यौ । एसएलसी गरेपछि काठमाडौ आईयो, त्यतिबेला मंजुल शाहित्य र कलाकारितामा स्थापित भईसकेको हुनुहुन्थ्यो। उहाँले मलाइ सधै गीत गाउन प्रेरित गराउनु हुन्थ्यो । मलाइ एकल साँझ गराउन अभिप्रेरित गराउने पनि उहाँनै हुनुहुन्छ । साचिकै भन्नु पर्दा मलाई गणेश रशीक बनाउने मंजुल हुनुहुन्छ । आज मेरै आत्मिय साथीलाई मेरो हातबाट सम्मान गर्नु पाउँदा अत्यन्तै खुशी लागेको छ भन्दै भाबुक भनेका थिए”

भोजपुर प्रतिभा पुरस्कार प्रतिष्ठानका संस्थापक सदस्य दयाकृष्ण राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रशीक प्रमुख अतिथि रहेका थिए । अन्य अतिथिहरुमा श्रवन मुकारुङ्ग,नारदमणि हार्ताम्छाली,नरेश काम्वाङ्ग,देवी घिमिरे,देवी नेपाल,रोशन श्रेष्ठ,कुवेर राई,पारस मुकारुङ्ग,निर्भिक, श्याम तमोट, मंजुल, मिरा राई लगायत अन्य अतिथिहरु रहेका थिए । कार्यक्रममा सयौ शाहित्य सर्जक र विभिन्न क्षेत्रका हस्तीहरुको उपस्थित रहेको थियो । कार्यक्रम प्राज्ञ शसी लुमुम्बूले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *