भोजपुर–काठमाडौँ सम्पर्क मञ्चमा नयाँ नेतृत्व

काठमाडौँ – नेकपा एमाले भोजपुर–काठमाडौँ सम्पर्कमा नयाँ कार्य समिति चयन भएको छ । शनिबार प्रज्ञा भवनमा कमलादीमा सम्पन्न मञ्चको १२औँ सम्मेलनले सर्वसम्मत रुपमा दिलिपकुमार राईको नेतृत्वमा मञ्चको नयाँ समिति चयन गरेको हो ।

सम्मेलनबाट उपाध्यक्षमा भीमराज राई, सचिव भद्रकाली पराजुली, उपसचिव फुर्वा तेन्जिङ शेर्पा र कोषाध्यक्षमा जगतमान योगी निर्वाचित भएका छन् । सदस्यहरूमा खुल्लातर्फ माधव बुढाथोकी, ईश्वर आचार्य, देवकुमार राई, दलिततर्फ खगेन्द्रकुमार वि.क., महिलातर्फ उषा राई, कविता राई, जनजातितर्फ ढोकलबहादुर आलेमगर, बलराम राई, भूगोलतर्फ जमुना राई, परशुराम रोक्का, श्रीकृष्ण श्रेष्ठ र अनन्त राई निर्वाचित भए ।

सम्मेलन आयोजक कमिटीका संयोजक रेजिन श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्य रहेको थियो । सम्मेलनमा केन्द्रीय सदस्य जयन्ती राई, हरिबहादुर राई, पूर्व मन्त्री कृपासुर शेर्पा, केन्द्रीय सम्पर्क समन्वय कमिटीका सहसंयोजक विजय गुरुङ, प्रदेश नं. १ सम्पर्क कमिटीका संयोजक इन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *