भूटान माथि नेपालको सानदार जित

पौष ११ सिलगुड़ी, भुटानमाथि साबित्रा भण्डारीको डबल हृयाट्रिक सहित ८-० को फराकिलो जित हात पार्दै नेपालले महिला साफ च्याम्पियपनसिनमा शानदार सुरुवात गरेको छ ।

भारतको सिलिगुडीमा भएको खेलमा नेपालले सुरुवाति ३५ मिनेटमा पाँच गोल गरेको थियो । पाँचौं मिनेटमा गोलको खाता खोलेकी साबित्राले ९ र २३ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पुरा गरिन् ।
२६ औं मिनेटमा सर्मिला थापाले गोल गरिन् भने ३५ औं मिनेटमा साबित्राले व्यक्तिगत चौथो गोल गर्दा पहिलो हाफमा नेपाल ५-० ले अगाडि रहृयो ।

दोस्रो हाफमा भुटानले केही सम्हालिएर खेल्न खोज्यो । तर, ७२ औं मिनेटमा साबित्राले गोल गरिन् । पाँच मिनेटपछि नै दीपा अधिकारीको क्रममा गोल गर्दै साबित्राले डबल हृयाट्रिक पुरा गरिन् । खेलको अन्तिम समयमा कृष्णा खत्रीले गोल गरेपछि नेपाल ८-० को फराकिलो गोल अन्तरले विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *