भुषण खतिवडा र दिपा पन्तले ल्याए दशैँ तिहार विशेष गीत ” भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ ५ असोज- “हाँसी-हाँसी” बोलको गीत गाएर चर्चा कमाएका गायक भुषण खतिवडा र “नाँची-नाँची स्टेजमा” “झट्का” बोलको गीत गाएर चर्चित बनेकी गायिका दिपा पन्तले नेपाली हिन्दुहरुको महान चाड दशैको अवसरमा नयाँ दशैं विशेष गीत बजारमा ल्याएका छन् ।

देश भन्दा बाहिर परदेशमा रहेका नेपालीहरु होस् या गाउँ भन्दा टाढा शहरमा रहेका नेपालीहरु होस्, यो दशैको बेला आ-आफ्नो घर गाउँ फर्किने गर्छन् । सबै जना भेला भएर, पिङ्ग खेल्ने, घुम्ने, रमाईलो गर्ने,अनि ठूला-बडा मान्यजनको हातबाट टिका र जमरा लगाई आशिर्वाद लिने गर्दछन् । यहि रमाईलो परिवेशलाई आधार मानेर यो गीत सार्वजानिक गरिएको हो ।

कृष्णहरि बरालको शब्द रचनालाई हरि लम्सालले संगीत गरेका यो गीतमा एरेन्ज पनि हरि लम्सालकै रहेको छ । गायक भुषण खतिवडा र गायिका दिपा पन्तको स्वर रहेको यो युगल गीत राम्रो बनेको छ ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजानिक गरिएको छ । यो गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री, दिपा पन्त लगायत नेपाली ठिटोज ग्रुपको अभिनय रहेको छ । बिकास ज्ञवालीले सम्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई टंक केसीले छायांकन र नेपाली ठिटिजका सुनिल क्षेत्रीले निर्देशन गरेका छन् । यो गीतको निर्माण सुजन न्यौपानेले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *