‘भुल’ को शुभमुहुर्त

bhul photoसन्देश सुब्बा-१८ असोज पाँचथर, इन्द्रेणी कला मञ्च झापाको दोस्रो प्रस्तुती लघु चलचित्र ‘भुल’ को शुभमुहुर्त भएको छ । फिदिममा आयोजित एक कार्यक्रममा लिम्बू चलचित्रकर्मी संघका केन्द्रीय सदस्य सागर केरुङले शुभमुहुर्त गरे ।

राज चाम्लिङको लेखन–निर्देशन रहेको पारिवारिक कथामा आधारित ‘भुल’ लाई पाँचथरको लब्रेकुटि, सिलौटी, सुम्निमा र इलामका विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिने निर्माण पक्षले जनायो ।

राज श्रेष्ठको छायाङ्कन र नवीन खवासको श्रृङ्गार रहेको ‘भुल’ मा प्रकाश थेवे, भवानी लोवा, राकेश लिम्बू, सुजा लिम्बू र सपना लिम्बू लगायतले अभिनय गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *