भिडले कुटेर डिएसपीको हत्या

काश्मिर, ९ असार – भारत प्रशासित काश्मिरमा आक्रोसित समुदायले एक डिएसपी मोहम्मद अयुब पण्डितको कुटेर हत्या गरेका छन् । स्थानीय मस्जिद बाहिर ड्युटीमा रहेका उनलाई भीडले एक्कासी आक्रमण गरेको बताइएको छ । उनलाई निर्वस्त्र तुल्याएर पिट्दै हत्या गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

बिहीबार राति नौहट्टा क्षेत्रमा उनी जामिया मस्जिद बाहिर ड्युटीमा तैनाथ थिए । प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार उनले राति मस्जिद बाहिर आउँदै गरेका केही व्यक्तिको तस्वीर लिइरहेका थिए ।

सडकमा रहेका ती व्यक्तिहरुले डिएसपी पण्डितलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर उनले ती व्यक्तिलाई रोक्न गोली चलाएपछि स्थिति नियन्त्रणबाहिर पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *