भारतले हवाई एयर मार्शललाई पनि एयरपोर्ट बाहिर जान दिनुपर्ने माग अघि सार्‍यो

माघ ७ काठमाडौ, हवाई ट्राफिक र रुटबारे वार्ता गर्न गएको पर्यटन मन्त्रालयको टोलीमार्फत भारतले हवाई एयर मार्शललाई पनि एयरपोर्ट बाहिर जान दिनुपर्ने माग अघि सारेको छ । नेपालको सुरक्षा जाँचलाई ५ वर्षअघिदेखि पत्याउन छाडेको भारतले आफ्ना प्रत्येक विमानमा एयरमार्शल राख्ने गरेको छ । नेपाली सुरक्षाकर्मीले सुरक्षा जाँच गरेको व्यक्ति र लगेजलाई भारतले एयरपोर्टभित्रै चाङ र लाम लगाएर जाँच गरेरमात्र विमानमा पस्ने र उड्ने अनुमति दिदै आएको छ ।

भारतले भारतीय विमानलाई त्रिभुवन विमानस्थलमा कुनै बहानामा होल्ड गराउने र विमानमा रहेका पाइलट, एयरहोस्टेज, केविनक्रुसँगै रहेका एयर मार्शललाई पनि एयरपोर्ट बाहिर जान दिनुपर्ने माग अघि सारेको हो । एयर मार्शल हतियारधारी हुन्छन्, यो हवाई सेना नै हो । त्यो हतियारधारी सेनालाई खुलेआम नेपालभित्र पस्न दिनु भनेको खतरा निम्त्याउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *