भारतले लक्ष्मणपुर ब्यारेजको ढोका नखोलिदा बाँकेको राप्ती नदिमा आएको भीषण बाढीका कारण ४ जना मृत्यु

नेपालगन्ज २८ साउन- भारतले लक्ष्मणपुर ब्यारेजको ढोका नखोलिदा बाँकेको राप्ती नदिमा आएको भीषण बाढीका कारण ४ जना मृत्यु भएको छ । रातभरको अविरल बर्षाका कारण राप्ती सोनारी–४ लालुूरमा घर भत्किदा कविराज थारुका ३ छोरीको पुरिए मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत खगेन्द्र पौडेलका अनुसार १२ बर्षीया अन्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षीया सुस्मिता थारुको मृत्यु भएको छ । थारुका तीन जना छोराछोरीको लास पुरिएको अवस्थामा भेटिएको छन् ।

सोही स्थानमा एक अज्ञात व्यक्ति समेत मृत्य अवस्थामा फेला परेका छन् । राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर १,२, ३, ५,६, ७ तथा डुडुवाको वडा नम्बर १ मा सयौं घर डुवानमा परेका छन् । नरैनापुर गाउँपालिका, गंगापुर, मटैहियाका थुपै्र घर डुवानमा परेका छन् । साविकको फत्तेपुर गाविसको वडा नम्बर ९ डलैया र टेपरीका दजनौ घर डुवान परेका छन् । स्थानीय सिद्धेश्वर मावि फत्तेपुरका प्रधानाध्यापक ओम पुनले राप्ती पारीका अवस्था अत्यन्तै गम्भीर रहेको भन्दै सहयोगका टेलिफान मार्फत आग्रह गरेका छन् ।

उता गृहमन्त्रालय मार्फत अनुरोध गर्दा समेत भारतले बाँध खोल्न मानेको छैन । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत पौडेलले बहराइचको डियमलाई स्थानीय स्तरबाट बाँध खोलिदिन आग्रह गरिएको बताए । गृहमन्त्रालय मार्फत समेत बाँध खोल्न आग्रह गरिएको बताए । मौसम प्रतिकूलताका कारण सुर्खेतस्थित नेपाली सेनाको पृतनाकबाट आउने हेलिकप्टर समेत आउन नसकेको अन्नपुर्ण पोस्टले लेखेको छ ।
अहिले राप्ती नदिको सतह ८.५७ पुगेको छ । जबकी ५.४ मिटर खतराको चिन्ह हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *