“भाँडाकुटी समावेशी लोककाव्या”को लोकार्पण

ईन्द्र जिजीबिषा / काठमाडौ- भाँडाकुटी समावेशी लोककाव्याको लोकार्पण गरिएको छ । काठमाडौमा एक कार्यक्रमको बिच ईतिहासविद, राजनीतिज्ञ डा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा साहित्यकार ताराबहादुर बुढाथोकी “पाख्रिबासे कान्छो” द्वारा लेखिएको भाँडाकुटी समावेशी लोककाव्याको लोकार्पण गरिएको हो ।

२१ वटा लोक कविताहरु समेटिएको “भाँडाकुटी समावेशी लोककाव्या” अरु संग्रह भन्दा पृथक छ । गाउँघरमा बोलिने झर्रा ठेट नेपाली भाषाहरुलाई टपक्कै टिपेर यो लोक काव्यमा राखिएका छन् । यो लोक काव्यमा विभिन्न आदिवासी जनजातिको झर्रा भाषाहरुलाई जस्ताको त्यस्तै राखिनु पनि यसको अर्को विशेषता रहेको छ ।

साहित्यकार ताराबहादुर बुढाथोकी “पाख्रिबासे कान्छो” द्वारा लेखिएको “भाँडाकुटी समावेशी लोककाव्या” लोकार्पण समारोहमा काव्यमाथि वरिष्ठ साहित्यकार देवी नेपाल,प्रा डा. राम प्रसाद ज्ञवाली,डा. धन बहादुर कुँवर, लगायतले बोलेका थिए ।

कार्यक्रमको दोस्रो भागमा माता मनकामना एकादशी पर्यटकिय साँस्कृतिक महोत्सव २०७४ को लोकार्पण गरिएको थियो ।

मकालु साहित्य समाज र सरोकार समाज नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा शंखुवासभा जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य पुर्णप्रसाद राई, प्रदेश सभा ‘क’ मा निर्वाचित नर्मरेश्वरी सत्याल,प्राचार्य डा. हेमाङ्गराज अधिकारी, प्राचार्य प्रयागराज भट्टराई “वाशिष्ट”, डा . धनबहादुर कुँवर, पर्यटनवोर्डका सह – निर्देशक मर्णिकार लामिछाने, प्रेमनाथ अधिकारी,मकालु गाउँ पालिकाका उपाध्यक्ष चमेली राई, कानुन व्यवसायी शेरबहादुर कार्की, लोकमान मास्के, कमल खत्री, राष्ट्रिय जनसाँस्कृतिक महा संघका महा सचिव प्रेमनाथ लगायत अन्यको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *