भक्तपुर थिमिमा निर्माणधिन भाटभटेनी शिलबन्दी

कार्तिक २३ भक्तपुर,माप दण्ड पुरा गरेरै भक्तपुर थिमिमा निर्माणधिन भाटभटेनी सुपर मार्केट भक्तपुरको भवन निर्माण सुरु गरेको भए पनि भक्तपुर नगरपालिकाले नियम र मापदण्ड विपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा आज सिलबन्दी गरेको छ । मध्यपुरथिमि नगरपालिका ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्डस्थित थिमिको राधेराधेसँगै सिट नं १०२–११९१–२३, कित्ता नं. ४७८ र ५ नं को पाँच हजार ७५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त प्रालिको भवन निर्माणकार्य रोक्दै निर्माणस्थलमा सिलबन्दी गरेको हो ।

सुपर मार्केट सञ्चालन गर्ने उद्देश्यले केही महिनादेखि भवन निर्माण सुरु गरिएको थियो । सिलबन्दीसँगै आजबाटै भवन निर्माणको काम ठप्प भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नागरिकको प्रत्यक्ष आवतजावत हुने ठूलो कम्प्लेक्स बनाउँदा नगरपालिकाको मापदण्ड पूरा नगरेको, नक्सापास नगरेको र मनोमानी ढङ्गले निर्माण कार्य अगाडि बढाएकाले सिलबन्दी गरेको बताएको छ ।

“नक्सा पासको प्रक्रिया नपु¥याई निर्माण कार्य सुरु गरियो, पटक÷पटक निर्माण रोक्न आग्रह गर्दा अटेर गरेकाले कानुनी दायरामा ल्याउन सिलबन्दी गर्नुपरेको हो,” कमल ज्ञवालीले बताए । प्रालिका योजना प्रबन्धक प्रशान्त झाले नगरपालिकामा नक्सापास गर्न फाइल पेस गरेपनि ढिलाइ गरेकाले निर्माण कार्य अगाडि बढाएको बताए । सरकारी मापदण्ड पूरा गरेरै निर्माण कार्य अगाडि बढाएको झाको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *