काठमाडौको जोरपाटीस्थित नयाँ जीवन नेपालको भवनमा पुग्दाखेरी डे केयरको हलमा केहि वालवालीकाहरु खेलिरहेका थिए । कोही उफ्री रहेका थिए,कोही बसिरहेका थिए त कोही आ-आफ्नै पारामा के-के गरिरहेका थिए । ५,६ बर्षका देखि १५ बर्ष सम्मका वालवालीकाहरु भएता पनि शारारिक, मानसिक र बौद्धिक अपाङ्गता भएको कारण शारारिक बनावट उमेर अनुसारको कोही कसैको भएको देखिन्दैन थियो ।
केहि बच्चाहरु मुसुक्क मुस्कुराउदै कनिकुथी हामी संग कुरा गर्न खोज्दै थिए। कोही बच्चाहरु विभिन्न प्रकारका खेलौनाहरू संग खेलिरहेका थिए । ति वालवालीकाहरु मध्ये कसैको बाबा-आमा नभएका र कसैको बाबा-आमा भएर पनि बौद्धिक अपाङ्गता भएको कारण उचित हेरचाह, शिक्षा र पालन पोषणको लागि ल्याईएको रहेछ ।
त्यहाँ रहेका वालवालीकाहरुको डे केयर हल संगै अर्को पट्टि भान्सा कोठा रहेछ । साना-साना डाईनिङ्ग टेबलहरू भान्सा कोठामा राखिएको रहेछ । त्यहाँ बौद्धिक अपाङ्गता भएका वालवालीकाहरुलाई खाना खान सिकाईदो रहेछ । नयाँ जीवनको माथिल्लो तलामा सफा चिट्टिक्क तरीकाले बेडहरु मिलाएर त्यहाँ रहेका वालबच्चाहरु सुत्नका लागि ठाउँहरु बनाईएको रहेछ । दिनभरी डे केयर हलमा खेल्ने,उफ्रिने, केही कुराहरु सिक्ने गरेपछि रातमा त्यहाँ सुत्ने गर्दा रहेछन् वालवालीकाहरु । वालवालीकाहरुको हेरचाह गर्नलाई चारजना शिक्षीका (केयर गिभर)हरु रहेछन् । उहाहरुले ति बौद्धिक अपाङ्गता भएका वालवालीकाहरुलाई खाना खान,बोल्न, खेल्न,हिड्न,दिसा-पिसाब गर्न सिकाउनु हुदो रहेछ ।
“बौद्धिक अपाङ्गता भएका वालवालीकाहरुको बौद्धिक विकास एकदमै ढिलो हुने भएकोले बाबा-आमा भईन्जेल सम्म त बौद्धिक अपाङ्गता भएका वालाबच्चाको हेरचाह गर्छन् । तर बाबा-आमाको मृत्यु पश्चात त्यस्ता वालवालीकाहरुको हेरचाह कस्ले गर्ने ? यसैले हरेक नागरीकले देशमा सम्मान पुर्वक बाँच्न पाउनु पर्छ भनेर नै हामीले यो नयाँ जीवन नेपालको शुरुवात गरेका हौँ ।” भनेर नयाँ जीवन नेपालका संचालक राजन खनालले बताउनु भयो ।
२०७१ साल श्रावन देखि संचालन गरिएको यो नयाँ जीवन नेपालमा अहिले ५ जना सामान्य वालवालीकाहरु र १५ जना बौद्धिक अपाङ्गता भएका वालवालीकाहरु रहेछन् । यो तिन वर्षको अन्तरालमा प्युठानको १५ वर्षीय सागर पोख्रेलको अवस्था पहिलाको भन्दा धेरै सुधारिएको रहेछ । नयाँ जीवन नेपालमा आउदा दिसा-पिसाब सम्म गर्न नसक्ने सागर अहिले भने एक जना बच्चालाई हेरचाह गर्न सक्ने भएका रहेछन् । उमेरले १५ वर्षका भएपनि उनको शारारिक वनावट भने हेर्दा ८,९ वर्षका जस्तै देखिन्थे ।
अहिले सम्म सरकार बाट केही सहयोग नपाए पनि आफ्नै तरीकाले नयाँ जीवन नेपाल संचालन गरिरहेकोमा नगर पालिकाले भने ६० हजार नगद र २० वटा ब्ल्याङ्केट सहयोग गरेको रहेछ । चलचित्र निर्माता तथा नायक नवल खड्काले पनि केही समय अगाडि नयाँ जीवन नेपालमा गएर केही सहयोग गरेका रहेछन् ।
नयाँ जीवन नेपालले नै नयाँ रोजगारीको सृजना पनि गरेको रहेछ । होटेल रेस्टुरेन्ट सम्बन्धि दक्ष कामदारलाई देशको विभिन्न ठाउँमा रोजगारीको अवसर पनि दिइने नयाँ जीवन नेपालका संचालक सदस्य रामबहादुर तामाङ्ग(राहुल) ले हामीलाई बताउनु भयो ।
राजन खनाल, धर्म थिङ्ग लामा र राम बहादुर तामाङ्ग(राहुल)ले संचालन गर्दै आएको नयाँ जीवन नेपाललाई,काठमाडौ जोरपाटीका अनुज श्रेष्ठ र समाजसेवी ब्यापारी केदार तिमिल्सेनाले नयाँ जीवन नेपाललाई आर्थिक तथा भौतिक सहयोग गरेर गुण लगाएको संचालक राजन खनालले बताउनु भयो ।
नयाँ जीवन नेपाललाई सहयोग गर्न चाहनु हुनेले संचालक राजन खनालको फोन नम्बर ९८५१०३१५७३
प्रस्तुती: ईन्द्र जिजीबिषा