बुढानिलकण्ठ नगरपालिका वडा १ मा नेकपा एमालेको तर्फबाट सुरेन्द्र लामाको उम्मेद्वारी

काठमाडौ १६ बैशाख,बूनपा (बुढानिलकण्ठ नगरपालिका) वडा १ मा नेकपा एमालेको तर्फबाट सुरेन्द्र लामाको नाममा टिकट आउने लगभग पक्का पक्की भएको छ । २०३१ सालमा जन्मिएका सुरेन्द्र लामा २०४६ को बहु दलिय प्रजातन्त्रको स्थापना पश्चात नेकपा एमालेलाई समर्थन गर्दै आफ्नो राजनितिक यात्राको शुरुवात गरेका थिए ।

२०५१ को मध्यावधी चुनावमा नेकपा एमालेको उम्मेवद्वारलाई बिजयी गराउन सक्रीय रुपमा लागी परेर २०५४ सालको स्थानिय चुनावमा तत्कालिन चपली भद्रकाली गाउँ प्रचार प्रसार समितीमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । २०६४ मा तत्कालिन चपली भद्रकाली गाउँ पार्टी कमिटीको उप-संयोजक रहेका लामा पहिलो संविधान सभा चुनाव ताका युवा परिचालन समितीमा रही पार्टीले दिएको जिम्मेवारीलाई कुशल्ताका साथ सम्पन्न गरेका थिए ।

२०६२-६३ को जन-आन्दोलनमा चपली भद्रकाली बाट नेतृत्व गर्दै सह्भागी भएका सुरेन्द्र लामा २०६६ सालमा साविक चपली भद्रकाली गाउँ पार्टी कमिटीको उपाध्यक्षमा निर्वाचित भएका थिए। दोश्रो संविधान सभाको चुनावमा बूथ प्रतीनिधी रही युवा पंक्तीलाई परिचालन गरी नेकपा एमाले उम्मेद्वारलाई प्रभावकारी सहयोग गरेका थिए ।

२०६२ को महाभुकम्पमा साविकको बूनपा वडा-१ सर्वदलिय सहजिकरण समितीमा वडा प्रतीनिधी रही आफ्नो क्षेत्रमा राहत तथा उद्धारका कार्यमा बिशेष सहयोग गरेका लामा विभिन्न समाजिक संस्थाहरुमा आवद्ध रहेक छन् ।

श्री जय भद्रकाली निमावी विद्यालय व्यवस्थापन समिती अध्यक्ष ,तौलुङ खाने पानी उपभोक्ता समिती कोषाध्यक्ष , सनातन धर्म सेवा समाजको निर्वाचित कोषाध्यक्ष, झ्याङ्दर गुम्बा व्यवस्थापन समितीको कोषाध्यक्ष , नेपाल उसु संघको केन्द्रिय सदस्य हुँदै निर्वाचित उपाध्यक्ष ,नेपाल रग्वी संघको केन्द्रिय सदस्य , बाग्द्वार संरक्षण समितीमा महासचिव ,नेपाल भन्सार एजेन्ट महा-संघको केन्द्रिय सदस्य र बिष्णु दर्शन ऋण तथा बचत सहकारी संस्थाका संचालक समितीका सचिव रहेक छन् सुरेन्द्र लामा ।

निर्यात तथा आयात कम्पनीको निर्देशक पनि रहेका सुरेन्द्र लामा वडा १ का प्रभावशाली नेता हुन् । सामाजिक अभीयन्ताको रुपमा परिचित लामा इमान्दारीका साथ कार्य सम्पन्न गर्न सक्ने आफ्नो व्यक्तित्वका कारण नै वडावासीले बिश्वास गरी मत जाहेर गर्नेमा बिस्वस्त रहेका छन् । वडा निर्माणको खाका सहित जनता माझ पुग्ने तयारी गरेको वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्र लामाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *