बुटवलमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजना घाइते

२२ साउन , काठमाढौँ : बुटवलबाट पाल्पातर्फ जाँदै गरेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको लु २ च २८४९ नम्बरको जिपमाथि ढुंगा खसेर लाग्दा चालकसहित तीनजना घाइते भएका छन् ।

घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *